म्यानमारविरुद्ध नेपालको जीत, ३ ओभरमा पूरा गर्‍यो लक्ष्य



हाम्रो इकोनोमि

 

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया रिजनल क्वालिफायर बी’मा नेपालले शानदार विजयी शुरूवात गरेको छ ।

मलेसियामा बुधवार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गर्‍यो । ३० रनको झिनो लक्ष्य नेपालले ३ ओभरमा भेट्टाएको हो ।

नेपाललाई विजयी लक्ष्यसम्म डोहोर्‍याउने क्रममा करण केसीले अविजित १४, अनिल साहले ११ तथा विनोद भण्डारीले १ रन जोडे । प्रदीप ऐरी गोल्डेन डक आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रन जोड्दा अलआउट भएको थियो ।

ललितसिंह भण्डारी र करण केसीको पहिलो दुई ओभरमा १/१ विकेट गुमाएर पनि सम्हालिएको म्यानमारको पारी स्पिनरले मोर्चा सम्हालेपछि तहसनहस भयो ।

२३ बाट थप ६ रन जोड्ने क्रममा म्यानमारले बाँकी ८ विकेट गुमायो । यसक्रममा सन्दीप लामिछानेले ४ तथा ललित राजवंशीले ३ विकेट लिए । एक ब्याट्सम्यान रन आउट भए ।

२ ओभर बलिङ गरेका लामिछाने र ३ ओभर बलिङ गरेका राजवंशीले समान ३ रन खर्चिए । म्यानमारका लागि हेट लिन औङले सर्वाधिक १६ रन जोडे ।

म्यानमार नेपालभन्दा निकै तल्लो श्रेणीको टोली हो । यस खेलमा नेपालको प्रभावशाली जीत अपपेक्षित नै थियो ।

दोस्रो खेलमा नेपालले आगामी शनिवार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल, म्यानमार र मलेसियाका अलावा थाइल्याण्ड, चीन र भुटान सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...