मापसे गरे ट्राफिकले सोध्छ ८० प्रश्न, परीक्षामा ८० प्रतिशत उत्तर मिलाए मात्र जरिवाना तिर्न पाइने



हाम्रो इकोनोमि

 

सवारी दुर्घटनालाई नियन्त्रण गर्न मोरङ प्रहरीले नयाँ नियम लागू गर्ने भएको छ । मादक पदार्थ सेवन गरी सवारी कुदाउँदा हुने दुर्घटना नियन्त्रण गर्न असोज २३ गतेदेखि मापसे कारबाहीमा नयाँ नियम लागू गर्न लागिएको हो ।

 

अब मापसे गर्ने चालकले परीक्षा दिनुपर्नेछ । परीक्षामा ८० प्रतिशत सही उत्तर दिए मात्र थप कारवाही प्रकृया अघि बढ्छ ।

 

‘बढदो सवारी दुर्घटना नियन्त्रण गर्न हाम्रो नयाँ प्रयास हो’ मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसी भन्छन्, ‘परीक्षा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर अथवा अनलाइनबाट पनि दिन सकिन्छ ।’

 

दशैं तिहार तथा छठ पर्वमा लागू गरिएको नियमलाई निरन्तर अघि बढाउने केसीले जानकारी दिए । केसीका अनुसार असोज २३ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा प्रत्येक दिन ९ बजे परीक्षा सञ्चालन गरिने छ ।

 

‘कारवाही प्रकृया अघि बढाउन मापसेकर्ताले सोधिएको प्रश्नको ८० प्रतिशत सही उत्तर दिनुपर्छ’ उनले भने ‘८० प्रतिशत सहि उत्तर नदिएसम्म कारवाही प्रकृया अघि बढ्दैन ।’

 

यसअघि मापसे गर्ने सवारी चालकलाई जरिवाना तिराएर सचेतना कक्षा लिँदै छाड्ने गरिएको थियो । तर, अब भने मोरङ प्रहरीले कारवाही गर्न पनि परीक्षा लिने भएको हो ।

 

परीक्षामा ट्राफिक नियम, मापसे गर्दा हुने कारवाही लगायतका विषयमा ८० वटा प्रश्न सोधिनेछ । परीक्षामा विशिष्ट श्रेणी अर्थात ८० प्रतिशत उत्तर मिलाउनेलाई मात्र जरिवाना तिराएर लाइसेन्स दिइनेछ ।

 

अनलाइनमार्फत घरमा बसेरपनि परीक्षा दिन सकिनेछ । ‘घरमै बसेर परीक्षा दिने हो भने प्रहरीले लाइसन्स जफत गर्दा दिएको चिठको नम्बर हालेपछि मात्र परीक्षा दिन पाइन्छ’ उनले भने ‘वेभसाइट खोलेर दिएको परीक्षा हामी कहाँ रेर्कड हुन्छ ।

 

’ वेभसाइट खुल्ने वितिकै अटामेटिक भिडियो रेकर्ड हुने बताउँदै उनले मापसे सेवनकर्ता वा अरुले नै परीक्षा दिएको पनि पत्ता लगाउन सकिने जानकारी दिए ।

 

वेभसाइटमार्फत परीक्षा दिँदा विभिन्न चार खण्डमा प्रश्न सोधिने छ । यहाँ पनि ८० प्रतिशत मिलाएपछि मात्र सर्टिफिकेट प्राप्त हुनेछ । ‘घरमै परीक्षा दिए पास भएको सटिपिकेट सफ्टेवरले नै दिन्छ’ केसीले भने, ‘सर्टिफिकेट लिएर आए मात्र थप कारवाही प्रकृया अघि बढ्छ ।’

 

गत असोज पहिलो साता मोरङ प्रहरीले अपराधिक घटनाको सूचना संकलन गर्न मोवाइल एप निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...