हिमानी र पूर्वराजा ज्ञानेन्द्रको बारेमा चल्यो यस्तो हल्ला, निर्मल निवासमा पारसलाई ढोका बन्द
पूर्वराज परिवारको आन्तरिक कलहको बारेमा जानकार नभएको मान्छे सायदै होलान । तर, पूर्वराजा र पूर्वयुवराज्ञीको सक्रियतामाथि शंकाको सुई तेर्सिएको छ ।
केहि समय पहिले एक जना माताको हवाला दिदै हिमानी पारस शाहसंग टाढा बसेको जनाइन्थ्यो । तर, आजभोली फूर्वराजाले पारसलाई घरको ढोका खोलि दिएपनि बुहारीसंगको ढोका बन्द गरि दिएको आरोप लाग्दै आएको छ ।
बुहारी हिमानीले हिमानी ट्रष्टको नाममा विभिन्न काम गर्दै गर्दा त्यसका हिस्सेदार ज्ञानेन्द्र शाह हुन्छन नै । तर, यसैमा हिमानीका श्रीमान पारस शाह चाहीँ आफ्नै धुनमा । आखिर यस्तो किन भइरहेको छ त ? यसबारे निर्मल निवास स्रोतले नाम नबताउने सर्तमा भन्यो, बडामहाराजले नै युवराज्ञीसंग अरुको संगत राम्रो मान्नु हुन्न । जहाँ जादाँ नि संगै जाने वातावरणको सिर्जना गर्न भन्नू हुन्छ ।
यहि कुराले उनीहरुमाथि शंकाको सुई घुम्न सुरु भएको स्रोतको दावी छ । पूर्वराजा ज्ञानेन्द्रले बुहारीलाई उत्तराधिकारी बनाउन खोजेको भन्नेहरुको कमि छैन तर, यसैमा उनीहरुबीच चलेको यस्तो रहस्यमयी सम्बन्धले समेत शंकाको बादल मडारिएको स्रोतले जनाएको छ ।
एक महिना थाइल्यान्डको बैंकक र त्यसपछि भारतको मुम्बईको भ्रमणका लागि निस्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी शाह अहिले श्रीलंका पुगेका छन् । ज्ञानेन्द्रको सचिवालयले उनीहरूको भ्रमण बैंकक र मुम्बईमा हुने जनाएको थियो ।
तर, पूर्वराजा ज्ञानेन्द्रसँगै हिमानीले श्रीलंकामा सोमबार ४३ औं जन्मोत्सव मनाएको उच्च स्रोतले जनाएको छ । श्रीलंकाको कोलम्बोमा भारतका शाही परिवारका केही सदस्य, व्यापारीसँगै हिमानीले जन्मोत्सव मनाएकी हुन् । स्रोतले भन्यो,‘उनीहरू यसपछि भारत भ्रमणको तयारीमा छन् ।’
आखिर हिमानीले श्रीमान पारस शाहलाई जन्मदिनको अवसरमा समेत किन छुटाइन ? ससुरासंगै जन्म दिन मनाउन बाटो मोडेर श्रीलंका नै किन पुगिन ? यहि कुराले पूर्वराजदरवार भित्रको कुरा धुमल्लिदै गएको स्रोतको दावी छ ।
श्रीलंका किन पुगे पूर्वराजा ज्ञानेन्द्र र हिमानी शाह, यस्तो छ रहस्य
एक महिना थाइल्यान्डको बैंकक र त्यसपछि भारतको मुम्बईको भ्रमणका लागि निस्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी शाह श्रीलंका पुगेका छन् ।
ज्ञानेन्द्रको सचिवालयले उनीहरूको भ्रमण बैंकक र मुम्बईमा हुने जनाएको थियो । तर, पूर्वराजा ज्ञानेन्द्रसँगै हिमानीले श्रीलंकामा सोमबार ४३ औं जन्मोत्सव मनाएको उच्च स्रोतले जनाएको छ ।
श्रीलंकाको कोलम्बोमा भारतका शाही परिवारका केही सदस्य, व्यापारीसँगै हिमानीले जन्मोत्सव मनाएकी हुन् । स्रोतले भन्यो,‘उनीहरू यसपछि भारत भ्रमणको तयारीमा छन् ।’
बुधबार अथवा विहीबार भारतका लागि कोलम्बोबाट नै ससुराबुहारी प्रस्थान हुने बताइएको छ । मुम्बईलगायतका ठाउँमा एक साता बसेपछि उनीहरू स्वदेश फर्किने तयारीमा छन् । उच्च स्रोतले भन्यो,‘अन्तर्राष्ट्रिय पाहुनासँगको भेटमा नै उहाँहरू व्यस्त हुनुहुन्छ ।’
दुवैले श्रीलंकामा रहेका बुद्धका ठूला प्रतिमाहरूको पनि अवलोकन गरेका थिए ।
पछिल्ला समय सामाजिक काम, धार्मिक अनुष्ठान र राजनीतिक कुटनीतिक विषयमा निर्मलनिवासबाट ससुराबुहारी सक्रिय रहँदै आएका छन् । यसअघिको बैंकक भ्रमणका क्रममा दुवैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिएका जमर्नी निवासी व्यापारी सिद्धार्थ अम्बानीसँग भेट गरेका थिए ।
अम्बानी पूर्वराजालाई भेट्नका लागि जर्मनीबाट निजी बिमानमा बैंकक पुगेका थिए । उनीहरूबीच नेपालमा हिन्दु जागरण र राजतन्त्रको पुनर्दोय कसरी हुनसक्छ भन्ने विषयमा विमर्श भएको बताइएको थियो ।
स्रोतका अनुसार सैनिक दिवस तथा दशैंको सप्तमी तिथिका दिन उनीहरू काठमाडौं आइपुग्नेछन् । भारत बसाईका क्रममा त्यहाँका शाही खानदान, राजनीतिक व्यक्तित्व र भारतीय जनता पार्टीका नेताहरूसँग पूर्वराजा ज्ञानेन्द्र र हिमानीले गोप्य वार्ता गर्नेछन् ।
४३ पुगिन् हिमानी
१ अक्टुबर १९७६ मा भारतीय सियासती खानदानमा जन्मिएकी हिमानी नेपालमा नै हुर्किएकी हुन् । सोही सियासत बझाङ जिल्लामा सरेको थियो । २५ जनवरी २००० मा तत्कालिन शाहज्यादा तथा पूर्वयुवराज पारस शाहसँग उनको बिहे भएको थियो । त्यहाँदेखि उनी दरबारसँग पारिवारिक रूपमा जोडिइन् ।
१९ जेठ, २०५८ सालमा भएको दरबार हत्याकाण्डपछि नेपाली शाही सियासतमा शाहज्यादीबाट उनले युवराज्ञीको ताज पहिरिएकी थिइन् । धेरैले उनलाई ‘हुन नसकेकी वडामहारानी’ पनि भन्छन् ।
पारसँगको भत्किएको सम्बन्धले उनलाई सँधै केन्द्रविन्दुमा राखेको थियो । पछिल्लो समय गोरखामा हिमानी ट्रष्टका नाममा निर्माण भएको स्कुलको भवन शिल्यान्याशका बेला भने हिमानी पारससँगै देखिएकी थिइन् । त्यसअघि २३ साउनमा उनीहरू पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवका लागि नेपालगञ्जस्थित सोल्टीमा सँगे थिए ।
केही समयअघि पूर्वराजा ज्ञानेन्द्र शाह परिवार त्रिसरा रेस्टुरेन्टमा ‘डिनर’का लागि पुगेको थियो । त्यसैबेलादेखि पारस–हिमानी सम्बन्ध साँघुरिन थालेको बताइन्छ । त्यहाँ पनि यो जोडी देखिए पनि सँगै बसेका थिएनन् ।
‘अहिले पारिवारिक सदस्यहरू एकत्रित हुने क्रम जारी रहेको छ । छोराछोरीको प्रेमका कारणले पनि यो जोडी नजिकिनुको विकल्प छैन’, निर्मलनिवास स्रोतले भन्यो,‘परिवारको एउटा सदस्य नहुँदामात्रै पनि खल्लो हुने भएपछि शाही परिवार एकत्रित हुन थालेको छ ।’
परिवार समेट्नका लागि पूर्ववडामहारनी कोमल राज्यलक्ष्मी शाहको भूमिका प्रमुख रहेको छ । नेपाल फर्किएर पनि छोरा पारस बाहिरमात्र बस्ने र पारिवारिक सम्बन्ध खल्लो देखेपछि उनकै आग्रहमा ज्ञानेन्द्रले पारसका लागि निर्मलनिवासको द्वार खोलेका थिए ।
दरबार स्रोतले भन्यो,‘अहिले शाही परिवारमा देखिएको यो सम्बन्ध सुधारले पारस र हिमानी नजिकिएको प्रस्ट छ । त्यसका लागि उनीहरूका छोरी र छोरा हृदयेन्द्रको पनि चाहना देखिन्छ ।’
कतिपयले माता सविताले दिएको सुझावका आधारमा हिमानी र पारसको सम्बन्ध सुधार हुनका लागि समय लागेको बताउने गरेका छन् । पतिसँग अझै केही बर्ष बस्न नहुने बसेमा अनिष्ठ हुनसक्ने सुझाव हिमानीलाई माताले भनेकी थिइन् ।
त्यसो त पारस आफ्नी प्रेमिका कन्निका सँग थाइल्यान्ड बस्न थालेपछि शाही परिवारको उत्तराधिकारीका रूपमा हिमानी नै सक्रिय थिइन् ।
थाइल्यान्ड प्रहरीले पक्राउ गरी जेल हालेपछि पतिलाई छुटाउनका लागि हिमानी नै बैंकक पुगेकी थिइन् ।
त्यसपछि पारस–हिमानी सम्बन्धमा सुधार आउने थालेको हल्ला चलेको थियो । थाई प्रेमिका कन्निकाको साथ पाउँदा पारसले हिमानीलाई चटक्कै विर्सिएका थिए । कतिसम्म भने कन्निकालाई भेट्नका लागि पारस लाओस् पुगेका थिए ।
अहिले दुवैबीचको दूरी घटे पनि सँगै भने बस्दैनन् । हिमानी सन्तानसहित निर्मलनिवासमा बस्छिन् भने पारस बिजुलीबजारको अपार्टमेन्टमा बस्दै आएका छन् ।