प्रचण्डले चाले सत्ताका लागि यस्तो खर्तनाक खेल, बामदेव र माधव नेपालपनि प्रचण्ड गुटमा



हाम्रो इकोनोमि

 

 नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सत्ताको चलखेल सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको हालीमुहाली बढेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलखेल थालेका हुन् ।

 

वरिष्ठ नेता भए पनि सत्ता र शक्तिको भोग गर्न नपाएको झोंकमा माधवकुमार नेपालले संसदमै प्रतिपक्षीको भूमिका निभाएर उत्तर चीनतिर हानिएपछि सिंगापुरबाट फर्केको अर्को दिननै प्रचण्ड तातेका हुन् ।

 

सिंगापुर–भारत–चीन–सिंगापुर गरी त्रिकोणात्मक भ्रमण गरेर आफू बलियो भएको प्रमाणित गर्दै प्रचण्डले अब ओलीको नेतृत्वमा नभई आफ्नो नेतृत्वमा सर्वदलीय सरकार बनाउन लागिपरेको उच्च स्रोतको भनाइ छ ।

 

संसदमा उपलब्ध प्रतिपक्षी दलहरुलाई समेत समेटेर अगाडि बढ्ने मनस्थितिमा प्रचण्ड रहेको बुझिन्छ । उनी यसअघि काँग्रेस र एमालेसंग मिलेर सत्ता चलाउँदा पनि छिनछिनमा सर्वदलीय सरकारको पक्षमा देखिन्थे ।

 

त्यतिबेला बहुमत नहुँदा सर्वदलीय भन्नु स्वभाविकै भए पनि अहिले नेकपालाई बहुमत मात्र छैन दुई तिहाइको समर्थन छ ।

 

प्रचण्डले किन यसो गर्न खोजे ? 
अध्यक्ष ओलीले सरकारका निर्णयअघि अध्यक्षको नाताले प्रचण्डसंग सरसल्लाह नै नगरेको दोष छ । यो अवगुणलाई आधार बनाएर प्रचण्ड अब शक्ति आफ्नो हातमा लिन चाहन्छन् ।

 

उनले मंगलबार आफ्नै पार्टीका प्रभावशाली सचिवालय सदस्य बामदेव गौतमसंग लामो छलफल गरेका छन् । एक घण्टाभन्दा लामो छलफलमा प्रचण्डले नयाँ शिराबाट अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

 

प्रचण्डलाई भारत र चीनको स्वीकारोक्ति आएपछि उनले नयाँ कदम चालेको बुझिएको छ । उनलाई अवरोध आउने नेकपाभित्रबाटै हो । माधव नेपाल पक्षले पनि समर्थन दिनसक्ने भएपछि प्रचण्ड थप उत्साही बनेको बुझिन्छ ।

 

त्यसो त ओली नेतृत्वको सरकारले सात महिनामा कुनै सकारात्मक उपलब्धि हासिल गर्न नसकेको र सरकारकै कारण आमजनतामा निराशा पैदा हुन थालेका बेला सत्तारुढ पार्टीका नेताहरू सरकारलाई सफल बनाउनभन्दा असफल सिद्ध गरेर आन्तरिक विकल्प खोज्ने मानसिकतामा देखापरेको आरोप पनि लाग्न थालेको छ ।

 

प्रचण्ड ओलीको शैली देखेर सन्तुष्ट छैनन् । उनले असोज दोस्रो साता नै आफू निकटका पत्रकारलाई पनि बोलाएर यससम्बन्धमा भनाई व्यक्त गरेका थिए । सोही विचार राखेपछि प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासंग पनि परामर्श गरेको बुझिएको छ ।

 

अब बामदेव र माधव नेपाल फकाउने पालो 
जुन उद्धेश्य लिएर नेपालले प्रचण्डलाई सघाउन तयार भएका थिए त्यो पूरा भएको छैन । नेपाल ओलीको सेखी झार्न चाहन्थे । ओलीको सेखी चढ्दो छ । त्यसैले नेपालले अति भएपछि संसदमा ओलीको खरो आलोचना गरे ।

 

बामदेव पनि छट्पटिएका छन् । उनी सांसद बनेर संसद छिर्न चाहन्छन् । तर अब उनका लागि त्याग गर्ने कम्युनिष्टहरु सकिएछन् कि । कसैले पनि हात ठडाउँदैनन् ।

 

एउटा सांसदले पद छाड्नु भनेको पाँच वर्षभित्र कमाउने रकम बराबरको बार्गेनिङ हो । त्यो भन्दा पनि ठूलो कुरा ओलीका लागि भएको छ बामदेव रोक्न् ।

 

बामदेवलाई ओलीले चुनावमै रोकेका थिए । अब फेरि आफ्नो खुट्टामा बन्चरो हान्ने पक्षमा ओली छैनन् । तसर्थ सांसद बन्न रोक्ने ओली नै हुनेछन् ।

 

यतिबेला पनि प्रचण्डले भूमिका खेल्न सक्नेछन् । तर ओली बिहीबार राति फर्कदै गर्दा यदि शुक्रबारदेखि माहोल बदलियो भने नौलो नमानौं । किनकि प्रचण्ड अडान रुचाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...