कोइराला परिवार फुटाउने दाउमा सिटौला, कांग्रेसविरुद्ध हर्कत देखाए



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसभित्र अलग गुट बनाएका कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाबीच भेट भएको छ ।

 

सिटौलाकै कारण कांग्रेसभित्र सहमति हुन नसकेको आरोप लागिरहेका बेला कोइराला परिवारसँग सम्बन्ध सुधारको प्रयास भएको छ । सिटौलाले नै कांग्रेसका नेताहरु मिल्न नदिएको आरोप छ ।

 

सिटौलाले सुजाताको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सरकारका कामकारबाही र पार्टीको आन्तरिक विषयमा छलफल गरेका हुन् । मंगलबार भएको भेटवार्तामा कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा मात्र छलफल केन्द्रित भएको थिएन ।

 

सरकारको गतिविधि र संविधान जारी भएपछि कांग्रेस कहाँ चुक्यो र अब कसरी अगाडि जाने भन्नेमा पनि उनीहरुबीच डेढ घण्टा गम्भीर कुराकानी भएको स्रोतले जनाएको छ ।

 

दुई नेताबीच आगामी महासमिति बैठक र महाधिवेशन तयारीसहित अब पूर्वसंस्थापन एक ठाउँमा उभिनुपर्ने विषयमा पनि छलफल भएको थियो ।

 

छलफलमा सहभागी कांग्रेस नेता रोमी गौचन थकालीले सभापति शेरबहादुर देउवाका कारण पार्टी कमजोर भएको बताए । उनले पूर्वसंस्थापनका रूपमा सिटौला र सुजातालाई एक ठाउँमा उभिन आग्रह गरेका थिए ।

 

कांग्रेस नेतृ सुजाता कोइरालाले आफू स्वास्थ्य ठीक भएपछि सक्रिय हुने भन्दै सिटौलासहितका नेतालाई सक्रिय भएर लाग्न सुझाव दिएकी छिन् ।

 

पछिल्लो समय कोइराला परिवारका तीन नेताहरू महामन्त्री डा. शशांक कोइराला, नेताद्वय सुजाता कोइराला र डा. शेखर कोइरालाले पनि पारिवारिक भेटघाटलाई बाक्लो बनाउँदै आएका छन् ।

 

आफूहरू तीनमध्ये एकजना १४औँ महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा उनीहरू छनर । सभापति देउवालाई परास्त गर्न पूर्वसंस्थापन एक ठाउँमा उभिनुपर्नेमा यी नेताहरू पनि एकमत छन् ।

 

नेता सिटौला १२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाबाट मनोनीत महामन्त्री हुन् ।

 

सिटौलाले देउवालाई समर्थन गर्दा तत्कालीन संस्थापन पक्षका नेता रामचन्द्र पौडेल पराजित भएका थिए । देउवाको कार्यशैली विधानसम्मत नभएको भन्दै सिटौला असन्तुष्ट रहँदै आएका छन् ।

 

सिटौलासँग युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधान, उमाकान्त चौधरीसहितका नेताहरू रहेका छन् ।

 

सिटौलाले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग पनि छलफल गरेका छन् । सिटौलाले केसीलाई आफ्नो गुटमा ल्याउन खोजेका छन् ।

 

केसीकै पहलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.रामशरण महतसहितको छलफल भएको थियो । सो छलफलपछि सिटौला सुजातालाई भेट्न उनकै निवास पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...