वामदेवकोे सांसद बन्ने प्रयासमा पूर्णविराम, दुई करोड अफर गर्दा पनि सांसदहरू भएनन् तयार



 

वामदेव गौतमका लागि निर्वाचन क्षेत्र छोड्न नेकपाका कुनै पनि सांसद तयार नभएपछि गौतमको संसद् प्रवेश अभियानमा पूर्णविराम लागेको छ । अब भवितव्यवश कुनै निर्वाचन क्षेत्र स्वतः खाली भएमा मात्र वामदेवले मौका पाउने स्थिति बनेको छ ।

 

शुरुमा ललितपुरको दक्षिणी क्षेत्रबाट निर्वाचित नवराज सिलवाललाई राजीनामा गराएर त्यहीँबाट चुनाव लड्ने सोच बनाएका वामदेव नवराजसँग कुरै नगरीकन पछि हटेका थिए ।

 

ललितपुरबाट निर्वाचनमा विजयी बन्न नसकिने देखिएपछि गौतम पछि हटेको बताइन्छ । त्यसपछि छोरा हरिश गौतमका साथी रहेका डोल्पाबाट विजयी सांसद धनबहादुर बुढालाई छोरामार्फत कन्भिन्स गराइयो । बुढाले सांसद पद छोड्न आफू मन्त्री बन्नुपर्ने सर्त राखेपछि वामदेवले आफ्नो कोटाबाट उनलाई राज्यमन्त्री बनाइदिएका थिए ।

 

पूर्वसर्तबमोजिम बुढाले भदौ १५ गते नै सांसद पदबाट राजीनामा दिइसक्नुपर्ने थियो । विभिन्न कारणले राजीनामा नदिएपछि यतिबेला वामदेवले धनबहादुरबाट धोखा भएको ठानेका छन् । धनबहादुरले धोखा दिएपछि वामदेवले दर्जनौँ सांसदहरूलाई भेटी आफ्नो लागि ठाउँ खाली गरिदिन आग्रह गरिसकेका छन् ।

 

राजेन्द्र राईदेखि कञ्चनपुरका दीपकप्रकाश भट्ट र दैलेखका रवीन्द्रराज शर्मा, बाँकेका नन्दलाल, प्यूठानकी दुर्गा पौडेल, बझाङका भैरवबहादुर सिंहलगायत दर्जनौँ सांसदलाई वामदेवले गरेको आग्रह खेर गएको छ ।

 

अहिले राजीनामा दिने सांसदलाई डेढ वर्षपछि ६ वर्षका लागि राष्ट्रिय सभा सदस्यका साथै मन्त्री बनाइने ‘बम्पर अफर’ गर्दा कोही पनि आकर्षित नभएपछि कतिपय सांसदलाई नगदसमेत ‘अफर’ गरेको बुझिएको छ ।

 

करिब दुई करोड नगद अफर गर्दा पनि सांसदहरू वामदेवका लागि सिट छोड्न तयार भएनन् । त्यसैले अब वामदेवको सांसद बन्ने योजनामा पूर्णविराम लागेको छ । कुनै अप्रत्यासित र विशिष्ट स्थिति सिर्जना भएको अवस्थामा बाहेक संसद्को विद्यमान कार्यकालभित्र गौतम सांसद नबन्ने निश्चितप्रायः भएको छ ।

 

अस्पताल मासेर सपिङ मल !

राज्यको सम्पत्तिमा चरम ब्रह्मलुटको क्रम चलिरहँदा चितवनमा अर्को खतरनाक योजना बन्दै गरेको समाचार घटना र विचारलाई प्राप्त भएको छ । भरतपुरबाट प्राप्त जानकारीअनुसार त्यहाँ स्थिति बीपी कोइराला क्यान्सर अस्पतालको ६ बिघा जमिनमा सपिङमल बनाउनेबारे नगरप्रमुख रेणु दाहालले भित्रभित्रै सक्रियता दर्शाएकी छिन् ।

 

९९ वर्षका लागि ‘कुनै कम्पनी’लाई क्यान्सर अस्पतालको ६ बिघा जग्गा उपलब्ध गराउने र उक्त जग्गामा एक भव्य सपिङ मल बनाउने योजनालाई कार्यान्वयन गर्न विभिन्न व्यक्तिहरू सक्रिय भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका नेताहरूले साथ दिएमा आगामी दुई वर्षभित्रै अस्पतालको जमिनमा भव्य सपिङमल बन्ने निश्चित मानिन्छ ।

 

खास व्यापारीहरूसँग कुराकानी गरेर प्रचण्डले सपिङमल बनाउने अभियानमा उत्साह थपेका छन् । तर, सपिङमलमा प्रचण्डको कति लगानी अर्थात् सेयर रहने हो र मीनबहादुर गुरुङको नामसमेत यसमा सामेल गरिने हो या होइन, सो स्पष्ट हुन सकेको छैन ।

 

प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेसका नेताहरूले यस योजनामा सहयोग पुऱ्याउने विश्वास अहिलेसम्म गरिएको छैन । तर, प्रचण्डका ‘बाबुछोरी’ भने अस्पतालको जग्गामा सपिङमल बनाइछोड्ने दृढविश्वासमा रहेका छन् ।घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र