उत्तर कोरियासँग ६० वटा खतरनाक आणविक हतियार



हाम्रो इकोनोमि

 

 

दक्षिण कोरियाका एक उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुन सक्ने बताएका छन् । उत्तर कोरियामा रहेकाे गोप्य आणविक हतियार संख्याकाे बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष अधिकारीले यस्ताे जानकारी दिएका हुन् ।

 

 

कोरिया एकीकरण मन्त्री चो म्योङ–ग्योनले सोमबार संसदमा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक बम रहेको दाबी गरे । उनी एक जना सांसदले उठाएको प्रश्नको जवाफ दिँदै गर्दा यस सम्बन्धी जानकारी गुप्तचर निकायबाट प्राप्त भएको समेत बताएका थिए ।

 

 

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले भने यसबारेमा कुनै टिप्पणी गरेको छैन । मन्त्री चोको टिप्पणीको अर्थ दक्षिण कोरियाले उत्तरलाई आणविक हतियार युक्त राष्ट्रको मान्यता दिएको भन्ने होइन, मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । उत्तर कोरियालाई आणविक हातहतियारबिहीन राष्ट्र बनाउने योजनालाई निरन्तरता दिने बताए ।

 

उत्तर कोरियासँग के कति आणविक हातहतियार छ भन्ने दक्षिण कोरियाको पछिल्लो अनुमान विगतमा गरिएको अध्ययनकाे सेरोफेरोमा आएको बताइन्छ । दक्षिण कोरियाको प्रतिवेदनअनुसार उत्तर कोरियाले ५० किलोग्राम प्लुटोनियम उत्पादन गरेको छ । यसबाट कम्तीमा आठ वटा बम बनाउन सकिन्छ ।

 

धेरै विदेशी विज्ञहरुले उत्तर कोरियाले गोप्य युरेनियम–प्रशोधन प्लान्टहरु सञ्चालन गरेको दाबी गरिरहेका छन् । उत्तर कोरियाले पछिल्ला दिनमा संयुक्तराज्य अमेरिका र दक्षिण कोरियासँग थप आणविक हतियार निर्माण गर्ने कार्यक्रम स्थगित गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...