उत्तर कोरियासँग ६० वटा खतरनाक आणविक हतियार



हाम्रो इकोनोमि

 

 

दक्षिण कोरियाका एक उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुन सक्ने बताएका छन् । उत्तर कोरियामा रहेकाे गोप्य आणविक हतियार संख्याकाे बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष अधिकारीले यस्ताे जानकारी दिएका हुन् ।

 

 

कोरिया एकीकरण मन्त्री चो म्योङ–ग्योनले सोमबार संसदमा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक बम रहेको दाबी गरे । उनी एक जना सांसदले उठाएको प्रश्नको जवाफ दिँदै गर्दा यस सम्बन्धी जानकारी गुप्तचर निकायबाट प्राप्त भएको समेत बताएका थिए ।

 

 

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले भने यसबारेमा कुनै टिप्पणी गरेको छैन । मन्त्री चोको टिप्पणीको अर्थ दक्षिण कोरियाले उत्तरलाई आणविक हतियार युक्त राष्ट्रको मान्यता दिएको भन्ने होइन, मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । उत्तर कोरियालाई आणविक हातहतियारबिहीन राष्ट्र बनाउने योजनालाई निरन्तरता दिने बताए ।

 

उत्तर कोरियासँग के कति आणविक हातहतियार छ भन्ने दक्षिण कोरियाको पछिल्लो अनुमान विगतमा गरिएको अध्ययनकाे सेरोफेरोमा आएको बताइन्छ । दक्षिण कोरियाको प्रतिवेदनअनुसार उत्तर कोरियाले ५० किलोग्राम प्लुटोनियम उत्पादन गरेको छ । यसबाट कम्तीमा आठ वटा बम बनाउन सकिन्छ ।

 

धेरै विदेशी विज्ञहरुले उत्तर कोरियाले गोप्य युरेनियम–प्रशोधन प्लान्टहरु सञ्चालन गरेको दाबी गरिरहेका छन् । उत्तर कोरियाले पछिल्ला दिनमा संयुक्तराज्य अमेरिका र दक्षिण कोरियासँग थप आणविक हतियार निर्माण गर्ने कार्यक्रम स्थगित गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...