७ वर्षदेखि लिभिङ टुगेदर, सम्बन्ध बिग्रेपछि बलात्कारको उजुरी



हाम्रो इकोनोमि

 

भदौ १६ गते एक युवती आफूमाथि जबरजस्ती करणीको प्रयास भएको भन्दै महानगरीय प्रहरी परिसर टेकु पुगिन् ।

तिनै युवतीको जाहेरीका आधारमा प्रहरीले खोटाङ स्थायी घर भएका राई थरका युवकलाई खोज्न थाल्यो । जबर्जस्ती करणी उद्योग (एटेम्ट टु रेप) का आरोपी राईलाई पक्राउ गर्न प्रहरीले गएको भदौ १७ गते सुन्धारामा हवाई फायर नै गरेको थियो ।

यद्यपी महानगरीय प्रहरी परिसर काठमाडौंले गोली चलाएको कुरा स्वीकार गरेको छैन । तर, प्रत्यक्षदर्शीले सिभिल ट्रेड सेन्टरको पार्किङ हुँदै राई भागेपछि गोली चलाएको दाबी गर्दै आएका छन् ।

लगभग एक महिनापछि तिनै राई पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले सोमबार पक्राउ परेका उनलाई जबर्जस्ती करणी उद्योगमा म्याद लिएर अनुसन्धान शुरु गरिएको  जानकारी दिए ।

राई र ती युवती सात वर्षदेखि लिभिङ टुगेदरमा थिए । दरबारमार्गस्थित क्लव डेजाभु र किंग्स लाउन्ज नामक रेष्टुरेण्टका सेयर होल्डर समेत रहेका राईले सिभिल ट्रेड सेन्टरमा मोबाईल पसल समेत सञ्चालन गर्दै आएका थिए ।

राईका निकटस्थहरुका अनुसार उनले लगानी गरेका व्यवसायहरुको हिसाव–किताव समेत हेर्ने ती युवती लामो समय प्रेमी–प्रेमिकाको हैसियतमा बसेका थिए ।

राईले उनलाई छुट्टै गाडी समेत किनिदिएका थिए । तर, पछिल्लो समय उनीहरुबीचको सम्बन्धमा दरार आएसँगै ‘तर्साउनका लागि’ प्रहरी समक्ष पुगेकी थिइन् ।

तर, तर्साउने नियतले जाहेरी दिएपनि कानुन अनुसार राईमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । यसरी वर्षौदेखिको प्रेमिल ‘लिभिङ टुगेदर’ अन्ततः जबर्जस्ती करणी उद्योगमा परिणत भएको छ ।

राईलाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको बोगटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...