गायक अनुप जलोटाको ३७ वर्ष कान्छी प्रेमिकासँगको सम्बन्ध तोडे



हाम्रो इकोनोमि

 

 

बलिउड भजन गायक अनुप जलोटाले आफूभन्दा ३७ वर्ष कान्छी प्रेमिकासँगको सम्बन्धलाई तोडेका छन् ।

अभिनेता सलमान खानको विवादित टेलिभिजन शो ‘बिग बोस सिजन १२’ मा भारतीय भजन गायक अनुप जलोटा र उनकी प्रेमिका जसलिन मथारुको जोडीको प्रवेश भएसँगै चर्चामा छाएको थियो ।

गायक अनुप जलोटा र उनकी प्रेमिकाबीच ३७ वर्षको अन्तर रहेको छ । अनुप जलोटा ६५ वर्ष भए भने उनकी प्रेमिका २८ वर्षकी हुन् ।

तर बिग बोसको घरमा गएको महिना दिन नबित्दै अनुपले जसलिनसँगको सम्बन्ध तोडिदिएका छन् । बिग बोसको घरमा दिइएको कार्य अन्तर्गत अनुप जलोटाका लागि जसलिनले उनको कपाल छोट्याउनु पर्ने, लुगा र मेकअपका सामग्री नष्ट गर्नुपर्ने शर्त राखिएको थियो ।

तर जसलिनले अनुपका लागि आफ्नो कपाल नछोट्याउने र लुगा र मेकअपका सामग्री नदिने बताएपछि अनुपले चित्त दुखाएका हुन् ।

आफू जसलिनका लागि ज्यान दिन पनि तयार रहेको तर जसलिनले आफूलाई भन्दा उनको कपाल, कपडा र मेकअपलाई माया गरेकाले अबदेखि उनी जसलिनका साथ नरहने निर्णय लिएका छन् ।

अनुप जलोटाले बिग बोस घरमा उपस्थित सम्पूर्ण सदस्य तथा क्यामेराको अगाडि यस कुराको घोषणा गरेका छन् । उनीहरुको ब्रेकअपको खबर अहिले भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...