गायक अनुप जलोटाको ३७ वर्ष कान्छी प्रेमिकासँगको सम्बन्ध तोडे



हाम्रो इकोनोमि

 

 

बलिउड भजन गायक अनुप जलोटाले आफूभन्दा ३७ वर्ष कान्छी प्रेमिकासँगको सम्बन्धलाई तोडेका छन् ।

अभिनेता सलमान खानको विवादित टेलिभिजन शो ‘बिग बोस सिजन १२’ मा भारतीय भजन गायक अनुप जलोटा र उनकी प्रेमिका जसलिन मथारुको जोडीको प्रवेश भएसँगै चर्चामा छाएको थियो ।

गायक अनुप जलोटा र उनकी प्रेमिकाबीच ३७ वर्षको अन्तर रहेको छ । अनुप जलोटा ६५ वर्ष भए भने उनकी प्रेमिका २८ वर्षकी हुन् ।

तर बिग बोसको घरमा गएको महिना दिन नबित्दै अनुपले जसलिनसँगको सम्बन्ध तोडिदिएका छन् । बिग बोसको घरमा दिइएको कार्य अन्तर्गत अनुप जलोटाका लागि जसलिनले उनको कपाल छोट्याउनु पर्ने, लुगा र मेकअपका सामग्री नष्ट गर्नुपर्ने शर्त राखिएको थियो ।

तर जसलिनले अनुपका लागि आफ्नो कपाल नछोट्याउने र लुगा र मेकअपका सामग्री नदिने बताएपछि अनुपले चित्त दुखाएका हुन् ।

आफू जसलिनका लागि ज्यान दिन पनि तयार रहेको तर जसलिनले आफूलाई भन्दा उनको कपाल, कपडा र मेकअपलाई माया गरेकाले अबदेखि उनी जसलिनका साथ नरहने निर्णय लिएका छन् ।

अनुप जलोटाले बिग बोस घरमा उपस्थित सम्पूर्ण सदस्य तथा क्यामेराको अगाडि यस कुराको घोषणा गरेका छन् । उनीहरुको ब्रेकअपको खबर अहिले भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...