कञ्चनपुरको आन्दोलनले लियो उग्ररुप, रिपोर्टिङ गर्न गएका पत्रकार कुटिए



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या छानविनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै गरिएको हड्तालले उग्ररुप लिएको छ । मंगलबार  नेविसंघले आह्वान गरेको हड्तालको अवज्ञा गर्न खोज्ने सरकारी कर्मचारीहरुमाथि नै ढुंगामुढा भएको छ ।

 

बन्दको अवज्ञा गरेको भन्दै मंगलबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालयको गाडीमा तोडफोड भएको र पछाडीको सिसा फुटेको जनाइएको छ ।

 

त्यस्तै प्रदर्शनकारीले मंगलवार समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट समेत गरेका जनाइएको छ । प्रदर्शनकारीले समाचार संकलन गर्न गएका  सगरमाथा टेलिभिजनका कञ्चनपुर समाचारदाता चन्द्रकान्त जोशीलाई कुटपिट गर्नुका साथै उनको क्यामेरा फुटाएको जनाइएको छ ।

 

प्रदर्शनकारीले सरकारी कार्यालय र गाडीमा तोडफोड गर्ने क्रममा जोशीले फोटो लिन खोजको र फोटो किन लिएको भन्दै आफुमाथि द्रुव्यवहार गरेको v जोशीले बताएका छन् ।

लागुऔषध कारोवारसँगै सुरक्षा चुनौती बढ्दै

लागूऔषध सेवन र कारोवार गर्नेहरु बढेसँगै विभिन्न खाले आपराधिक घटनाले यस क्षेत्रमा सुरक्षा चुनौती पनि थपिँदै गएको छ ।

लागुऔषध प्रयोगकर्ता बढ्दै जाँदा यसको कारोवार र सेवनमा संलग्न हुने पक्राउ पर्ने क्रम पनि पछिल्लो समय कैलाली जिल्लामा बढेको छ । तर यसको प्रयोग र कारोवार न्यूनीकरणमा अपेक्षित सुधार आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्कअनुसार जिल्लामा दुई वर्षमा यसको कारोवार र सेवनमा संलग्नमध्ये १६२ जना पक्राउ परेका छन् । तीन फरार छन् । आर्थिक वर्ष २०७३÷७४मा ५२ जनालाई पक्राउ गरिएकोमा गत आवमा १०८ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका माथि आव २०७३÷७४मा ३६ र गत आवमा ७१ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको छ ।

चालु वर्षको पछिल्लो दुई महिनामा मात्रै छजना पक्राउ परेकोमा त्यतिनै सङ्ख्यामा मुद्दा दर्ता भएको छ । तथ्याङ्कअनुसार गएको २६ महिनामा जिल्लामा ब्राउन सुगर सम्बन्धी मुद्दा मात्रै ३७ वटा दर्ता भए । यसपछि नाइट्रोभेटका ३४, चरेशका ३२, स्पास्मो प्रक्सोभनका आठ, अफिम र गाँजा सम्बन्धी एक÷एक मुद्दा दर्ता भए ।

यो अवधिमा पक्राउ परेकाबाट झण्डै २२२ किलो चरेश, २७० ग्राम ब्राउन सुगर, एक हजार ५०० ट्याब्लेट नाइट्रोभेट र ८०३६ ट्याब्लेट स्पास्मोप्राक्सोभन बरामद भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंह लागुऔषधको सेवन र कारोवार बढ्दा आपराधिक घटना बढेको स्वीकार गर्नुहुन्छ ।

 

‘‘लागुऔषधका कारण समाजमा हत्या, चोरी, डकैती, लुटपाट, महिला हिंसा, जस्ता आपराधिक घटना बढेका छन्, यसले समाजमा गम्भीर समस्या निम्त्याइरहेको छ ”, सिंहले भन्नुभयो ।

टीकापुर क्षेत्रमा मात्रै गएको चार महिनामा ७५० जना लागुऔषधका सेवनकर्तालाई पक्राउ गरियो । तीमध्ये बिक्री वितरणमा संलग्न ३२ जनामाथि मुद्दा लगाएको र कूलत छुटाउन नौलाई पुनःस्थापना केन्द्रमा पठाइएको कार्यालयले जनाएको छ ।

टीकापुर प्रहरीले लागुऔषध रोकथाम गर्न चलाएको ‘क्लिनस्वीप अपरेशन‘ मार्फत् विद्यालय, कलेज, क्लबमा आवद्ध युवाका साथै अभिभावक र शिक्षकका प्रतिनिधिको सहभागितामा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

 

टीकापुर क्षेत्रमा अहिले लागू औषधको समस्या पहिलेको भन्दा कम भएको प्रहरी नायब उपरीक्षक सिंह दाबी गर्नुहुन्छ । प्रहरीको सक्रियतासँगै कैलालीमा लागू औषध कारोवारी समातिने क्रम पनि बढेको बनाइएको छ ।

‘‘आफ्नो बच्चाले गर्ने गतिविधितर्फ अभिभावकको ध्यान त्यति पुग्न नसेकोले यो समस्या बढिरहेको देखिन्छ, चाहिने भन्दा बढी खर्च रकम दिँदा पनि बिग्रिएको पाइएको छ ”, प्रहरी निरीक्षक पुस्कर चन्दले भन्नुभयो । नेपाल भारतबीचको खुला सिमानाका कारण सीमासम्म सहज पहुँच हुँदा लागूऔषधको कारोवार नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

 

आफ्ना साथीभाइको लहलहैमा लागेर र अभिभावकको उचित संरक्षण एवं रेखदेख नपाउदा कतिपय युवा कूलतमा फसिरहेको लागुऔषध रोकथामका क्षेत्रमा कार्यरत संस्था नयाँ बिहानी पुनःस्थापना केन्द्र टीकापुरका अध्यक्ष हेमन्त साहु बताउनुहुन्छ ।

‘‘सरकारले नै केन्द्र सञ्चालन गरेर कूलतमा फसेकाको पुनःस्थापना गर्दै उनीहरुलाई सीप र रोजगारीको अवसर सिर्जना गर्न जरुरी भइसकेको छ ”, साहुले भन्नुभयो । खासगरी १६ वर्षदेखि २५वर्ष उमेरका युवा लागुऔषधको सेवन र कारोबार गर्ने कूलतमा बढी लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...