युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत



हाम्रो इकोनोमि

 

 

बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएइ) ले नेपालसामु जितका लागि २६९ रानको लक्ष्य प्रस्तुत गरेको छ ।

 

बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाउन सफल भयो । नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रनेछ ।
दुबै टोली यसअघिका दुई÷दुई खेलमा पराजित भई प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

समूह ‘ए’ मा रहेको नेपाल र युएई यसअघि भारत र अफगानिस्तानबाट पराजित भइसकेका हुन् । नेपाल यही असोज १३ गते भारतसँग र सोमबार अफगानिस्तानसँग पराजित भएको हो ।

चितवन टाइगर्स फाइनल प्रवेश
चितवन टाइगर्स यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । नेपाल भलिबल संघ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा जारी पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कबर्ड हलमा भएको खेलमा चितवनले पुलिसलाई २५–११, २५–१४ र २५–२३ सोझो सेटमा पराजित गरेको हो । अब चितवनले बुधबार हुने फाइनलमा आजै हुने दोस्रो सेमिफाइलनको विजेतासँग खेल्ने छ ।

आजै हुने दोस्रो सेमिफाइलनमा एपिएफ क्लब र न्यूडायमण्डबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा चितवन समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । यस्तै पुलिस समूह ‘बी’ को उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...