युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत



 

 

बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएइ) ले नेपालसामु जितका लागि २६९ रानको लक्ष्य प्रस्तुत गरेको छ ।

 

बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाउन सफल भयो । नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रनेछ ।
दुबै टोली यसअघिका दुई÷दुई खेलमा पराजित भई प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

समूह ‘ए’ मा रहेको नेपाल र युएई यसअघि भारत र अफगानिस्तानबाट पराजित भइसकेका हुन् । नेपाल यही असोज १३ गते भारतसँग र सोमबार अफगानिस्तानसँग पराजित भएको हो ।

चितवन टाइगर्स फाइनल प्रवेश
चितवन टाइगर्स यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । नेपाल भलिबल संघ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा जारी पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कबर्ड हलमा भएको खेलमा चितवनले पुलिसलाई २५–११, २५–१४ र २५–२३ सोझो सेटमा पराजित गरेको हो । अब चितवनले बुधबार हुने फाइनलमा आजै हुने दोस्रो सेमिफाइलनको विजेतासँग खेल्ने छ ।

आजै हुने दोस्रो सेमिफाइलनमा एपिएफ क्लब र न्यूडायमण्डबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा चितवन समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । यस्तै पुलिस समूह ‘बी’ को उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको