महात्मा गान्धीको अन्तिम दिन



हाम्रो इकोनोमि

 

 

 

आभा मुस्कुराइन् र भनिन्, ‘आज तपाईको घडिले सोच्दै होला मेरो नजरअन्दाज गरियो।’ महात्मा गान्धीले भने, ‘मरो घडिको तर्फ किन हेरौं।’ गान्धी फेरी गम्भिर बने, ‘तिम्रो कारणले १० मिनेट ढिलो भइसक्यो। नर्सको कर्तव्य यस्तो हुन्छ जहाँ भगवान नै उपस्थित भए पनि आफ्नो काम छोड्न हुँदैन। प्रार्थना सभामा एक मिनेटको ढिलो पनि गलत हुन्छ।’

यस्तै कुरा गर्दा गर्दै गान्धी प्रार्थना स्थलमा पुगे। दुई बालिकाको काँधबाट हात हटाएर गान्धीले त्यहाँ उपस्थितहरुलाई दुई हात जोडेर अभिवादन गरे।

देब्रे तर्फबाट नाथुराम गोडसे उनको तर्फ झुके। त्यहाँ लाग्यो उनले गान्धीको पाउ छुन खोज्दै छन्। आभाले चर्को स्वरमा भनिन्, ‘उहाँलाई पहिले नै ढिलो भइसकेको छ। बाटोमा डिस्टर्व नगरिदिनुस्।’ तर गोडसेले उनलाई धक्का दिए। उनको हातबाट माला र पुस्तक भुईमा खस्यो।

पुस्तक र माला टिप्न उनी निहुरिइन त्यही समय गोडसेले पिस्तोल निकाले र एक पछि अर्को गर्दै तीन गोली गान्धीलाई हाने। गान्धीको मुखबाट ‘राम…रा…म’ शब्द निस्यो र जीवनहिन शरीर भुईमा ढल्यो। आभाले भुईमा लडेका गान्धीको सिरलाई आफ्नो हातको सहारा दिइन्।

नाथुरामलाई तुरुन्दै गिरफ्तार गरियो। त्यहाँ रहेका माली रघुनाथले आफ्नो हातमा रहेको खुर्पाले नाथुरामको टाउकोमा प्रहार गरिदिए। नाथुरामको टाउकोबाट रगत बग्न थाल्यो। तर नाथुरामका भाइ गोपाल डोड्सेले आफ्नो पुस्तक ‘गान्धी वध और मैं’ पुस्तकमा यसको खण्डन गरेका छन्। उनी गिरफ्तार भएपछि कसैले उनको टाउकोमा छडिले हान्यो र रगत बग्न थाल्यो।

गान्धीको हत्या भएको केसी मिनेटमै लार्ड माउन्टबेटन त्यहाँ पुगे। कसैले गान्धीको चस्मा निकालिदियो। मैनवत्तिको उज्यालोमा विना चस्मा निष्प्राण गान्धीको शरिरलाई उनले पहिचान गर्न कठिन भयो। माउन्टबेटनले गुलाव गान्धीको शरिरमा राखिदिए। भारतका अन्तिम भायसराय उस व्यक्तिलाई श्रद्धाञ्जली दिँदै थिए जसले उनीहरुको राम्राज्यको अन्त गरेका थिए।

जर्ज वर्डान शाले गान्धीको हत्याबारे भनेका छन्, ‘यसले के देखाउँछ भने असल हुनु कति खतरनाक छ।’ मोहम्मद अली जिन्नाले आफ्नो शोक सन्देमा यस्तो लेखे, ‘उनी हिन्दु समुदायका महानतम मानिस मध्येका एक थिए।’ जिन्नलाई कसैले भन्यो उनी एक समुदाय भन्दा माथी थिए। तर जिन्दा आफ्नो भनाईमा अडिग रहे।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...