सेनाको कार्यक्रममा पत्रकारलाई निषेध



हाम्रो इकोनोमि

 

 

नेपाली सेनाको आर्थिक कारोबारसम्बन्धी विशेष छलफलमा सञ्चारकर्मीहरुलाई प्रवेश रोक लगाइएको छ ।

 

सेनाको आर्थिक गतिविधि बाहिरिन जनाउँदै संसद्को राज्य व्यवस्था समितिले बैठकमा पत्रकारलाई प्रवेश गर्न नदिएको हो । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारलाई रोक लगाएको हो । सोमबार गृहसम्बन्धीको छलफलमा पनि सञ्चारकर्मीलाई रोक लगाएको थियो ।

 

बैठकमा रक्षा मन्त्रालय र सेनाका आर्थिक गतिविधि र प्रशासनिक कामबारे बुझ्नका लागि समितिले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल, रक्षा सचिव बिष्णु लम्साल, प्रधान सेनापति पूर्णचन्द्र थापालगायत सेनाका उच्च पदस्थ अधिकारीहरुलाई बोलाएको छ ।

 

समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरुलाई बैठक शुरु हुना साथ राज्य व्यवस्था तथा सुशासन सभापति शशी श्रेष्ठले बाहिर गएर सहयोग गरिदिन आग्रह गरिन् । उनले भनिन्, ‘संवेदनशील विषयमा छलफल भइरहेकाले तपाईहरु बाहिर गएर सहयोग गरिदिनुन् ।’

 

विगतमा रक्षा र गृह सम्बन्धी कुनै पनि छलफलमा सञ्चारकर्मीलाई रोक लगाएको थिएन । यसअघि सुडान घोटाला, हातहतियार सम्बन्धी छलफलमा समेत पत्रकारलाई समाचार संकलनमा कुनै रोकावट गरिएको थिएन ।  नयाँपेजबाट

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...