सेनाको कार्यक्रममा पत्रकारलाई निषेध



हाम्रो इकोनोमि

 

 

नेपाली सेनाको आर्थिक कारोबारसम्बन्धी विशेष छलफलमा सञ्चारकर्मीहरुलाई प्रवेश रोक लगाइएको छ ।

 

सेनाको आर्थिक गतिविधि बाहिरिन जनाउँदै संसद्को राज्य व्यवस्था समितिले बैठकमा पत्रकारलाई प्रवेश गर्न नदिएको हो । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारलाई रोक लगाएको हो । सोमबार गृहसम्बन्धीको छलफलमा पनि सञ्चारकर्मीलाई रोक लगाएको थियो ।

 

बैठकमा रक्षा मन्त्रालय र सेनाका आर्थिक गतिविधि र प्रशासनिक कामबारे बुझ्नका लागि समितिले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल, रक्षा सचिव बिष्णु लम्साल, प्रधान सेनापति पूर्णचन्द्र थापालगायत सेनाका उच्च पदस्थ अधिकारीहरुलाई बोलाएको छ ।

 

समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरुलाई बैठक शुरु हुना साथ राज्य व्यवस्था तथा सुशासन सभापति शशी श्रेष्ठले बाहिर गएर सहयोग गरिदिन आग्रह गरिन् । उनले भनिन्, ‘संवेदनशील विषयमा छलफल भइरहेकाले तपाईहरु बाहिर गएर सहयोग गरिदिनुन् ।’

 

विगतमा रक्षा र गृह सम्बन्धी कुनै पनि छलफलमा सञ्चारकर्मीलाई रोक लगाएको थिएन । यसअघि सुडान घोटाला, हातहतियार सम्बन्धी छलफलमा समेत पत्रकारलाई समाचार संकलनमा कुनै रोकावट गरिएको थिएन ।  नयाँपेजबाट

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...