लुकिछिपी काम गरिरहेकालाई नेपालीलाई कोरिया छाड्न चेतावनी, तोकियो समयसीमा



हाम्रो इकोनोमि

 

कोरिया सरकारले लुकिछिपी काम गरिरहेका प्रवासीलाई कोरिया छाड्न चेतावनी दिएको छ ।

करार अवधि सकिए पनि दक्षिण कोरियामा गैरकानुनी काम गरिरहेका विदेशी कामदारलाई सरकारले देश छाड्न ६ महिनाको समयसीमा दिएको छ । गैरकानुनी ढंगबाट बसिरहेका ३ लाख ३५ हजारभन्दा बढी प्रवासीलाई आगामी सोमबारबाट वैधानिक हुन आग्रह गर्दै देश फर्किन ६ महिनाको समय तोकिएको छ ।

उक्त समयसीमाभित्र वैधानिक नभए वा स्वदेश नफर्किएमा त्यस्ता कामदारलाई १० वर्षसम्म कोरिया प्रवेशमा रोक लागाउनेसम्मको सजाय दिन सक्ने कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै ‘द कोरियन टाइम्स’ ले जनाएको छ । कोरियामा करिब २ हजारको संख्यामा नेपाली कामदार रहेको सरकारी अनुमान छ ।

कोरियाको न्याय मन्त्रालय अन्तर्गत खोज तथा प्रवर्तन विभागका अनुसार कोरियामा अवैधानिक ढङ्गले सन् २०१६ मा २ लाख ८ हजार ९७१ गैरकानुनी प्रवासी रहेका थिए । २०१७ मा यो संख्या बढेर २ लाख ५१ हजार ४१ पुगेको थियो । यस्तै यसै वर्षको अगष्ट महिनासम्म यो संख्या थपिई ३ लाख ३५ हजार ४५५ पुगेको तथ्यांक सार्वजनिक गरिएको छ ।

गैरकानुनी तरिकाले काम गर्दै आएका कामदारका कारण त्यहाँ रोजगारी सन्तुलन बिग्रिँदै गए पनि सरकारी अधिकारीहरुले देश निकाला गर्न सकेको स्थिति छैन । सरकारी अधिकारीहरुले निर्माणस्थल, बार र प्रवासीहरुले काम गर्ने अन्य स्थलको अवलोकन गरे पनि वार्षिक ३० हजारभन्दा बढीलाई देश निकाला गर्न सकेको छैन ।

कोरियाका न्यायमन्त्री पार्क सान किले थाइल्याडका श्रममन्त्री अब्दुल संगसिग्कोसँग दक्षिण कोरियाको राजधानी सियोलमा भेट्ने क्रममा उक्त कुरा बताएका हुन् ।

सान किले थाइल्याडको गैरकानुनी प्रवासी कोरियामा बढ्दै गएको विषयमा थाई समकक्षीसँग चासो व्यक्त गरेका थिए । उनले थाइल्याण्डलाई अनधिकृत रुपमा कोरियामा प्रवासी पठाउने एजेन्टलाई प्रक्रिने विषयमा सहमति गर्न आग्रह गरेका छन् ।

न्यायमन्त्री पार्क सानले कोरियामा अनधिकृत रुपमा प्रवासी पठाउने देशमा थाइल्याड, रसिया, काजकिस्तान लगायतका देश रहेको भन्दै यस विषयमा कोरियले हेक्का राखेको बताएका छन् । उनले गैरकानुनी प्रवासी पठाउने देशसँगको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...