स्वास्थ्यका एक हजार ६४० कर्मचारीलाई प्रदेशमा व्यवस्थापन गरिंदै



हाम्रो इकोनोमि

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खारेज भएका स्वास्थ्य संस्थाका एक हजार ६४० कर्मचारीको व्यवस्थापन प्रदेशहरुमा गर्ने तयारी गरेको छ ।

स्वास्थ्य संस्था खारेजपछि फाजिलमा रहेका कर्मचारी व्यवस्थापनका लाथि सातै प्रदेशमा पत्र पठाईसकिएको मन्त्रालयले जनाएको छ ।

देश संघीय संरचनामा गएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, क्षेत्रीय मेडिकल स्टोर, जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भएपछि एक हजार ६४० कर्मचारी फाजिल भएका छन् ।

फाजिल भएका कर्मचारी व्यवस्थापन प्रदेशमा बनेका नयाँ संस्थामा हुने मन्त्रालयका उपसचिव बाबुराम खनालले जानकारी दिए । उनले प्रदेशका सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, फिल्ड कार्यालयमा भएका स्वास्थ्यका दरबन्दीमा ती कर्मचारीलाई व्यवस्थापन, खटनपटन गर्न नाम पठाइएको जानकारी दिएका छन् ।

गत असोज १३ गते मन्त्रीस्तरीय निर्णयअनुसार सोमबार मन्त्रालयले सबै प्रदेशमा पत्र पठाएको हो । मन्त्रालयले खटाइएका कर्मचारी र बाँकी रहने कर्मचारीको विवरण पनि मन्त्रालयमा पठाउन भनेको छ । प्रदेश मताहतमा रहेका स्वास्थ्य संस्थामा सेवा अवरुद्द नहुने गरी कर्मचारी खटाउन सकिने अधिकार दिएको छ ।

हरेक प्रदेशमा फाजिल भएका कर्मचारीको नाम सूचीसहित मन्त्रालयले केही कर्मचारीको व्यवस्थापन गर्दै बाँकी कर्मचारीको प्रदेशलाई नै खाली भएको दरबन्दीमा व्यवस्थापन गर्न अधिकारसहित पत्र पठाएको छ ।

नयाँ स्वास्थ्य संरचनामा पनि करीब ४७७ जति मात्र कर्मचारी व्यवस्थापन हुने देखिन्छ । बाँकी कर्मचारीको व्यवस्थापन कसरी हुन्छ भन्ने अन्योल अझै कायमै छ ।

 

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...