स्वास्थ्यका एक हजार ६४० कर्मचारीलाई प्रदेशमा व्यवस्थापन गरिंदै



हाम्रो इकोनोमि

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खारेज भएका स्वास्थ्य संस्थाका एक हजार ६४० कर्मचारीको व्यवस्थापन प्रदेशहरुमा गर्ने तयारी गरेको छ ।

स्वास्थ्य संस्था खारेजपछि फाजिलमा रहेका कर्मचारी व्यवस्थापनका लाथि सातै प्रदेशमा पत्र पठाईसकिएको मन्त्रालयले जनाएको छ ।

देश संघीय संरचनामा गएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, क्षेत्रीय मेडिकल स्टोर, जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भएपछि एक हजार ६४० कर्मचारी फाजिल भएका छन् ।

फाजिल भएका कर्मचारी व्यवस्थापन प्रदेशमा बनेका नयाँ संस्थामा हुने मन्त्रालयका उपसचिव बाबुराम खनालले जानकारी दिए । उनले प्रदेशका सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, फिल्ड कार्यालयमा भएका स्वास्थ्यका दरबन्दीमा ती कर्मचारीलाई व्यवस्थापन, खटनपटन गर्न नाम पठाइएको जानकारी दिएका छन् ।

गत असोज १३ गते मन्त्रीस्तरीय निर्णयअनुसार सोमबार मन्त्रालयले सबै प्रदेशमा पत्र पठाएको हो । मन्त्रालयले खटाइएका कर्मचारी र बाँकी रहने कर्मचारीको विवरण पनि मन्त्रालयमा पठाउन भनेको छ । प्रदेश मताहतमा रहेका स्वास्थ्य संस्थामा सेवा अवरुद्द नहुने गरी कर्मचारी खटाउन सकिने अधिकार दिएको छ ।

हरेक प्रदेशमा फाजिल भएका कर्मचारीको नाम सूचीसहित मन्त्रालयले केही कर्मचारीको व्यवस्थापन गर्दै बाँकी कर्मचारीको प्रदेशलाई नै खाली भएको दरबन्दीमा व्यवस्थापन गर्न अधिकारसहित पत्र पठाएको छ ।

नयाँ स्वास्थ्य संरचनामा पनि करीब ४७७ जति मात्र कर्मचारी व्यवस्थापन हुने देखिन्छ । बाँकी कर्मचारीको व्यवस्थापन कसरी हुन्छ भन्ने अन्योल अझै कायमै छ ।

 

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...