निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको छ : कांग्रेस



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्ष दल कांग्रेसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको उल्लेख गर्दै सचेत रहनु सरकारलाई आग्रह गरेको छ । कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको दाबी गर्दै सचेत रहन सरकारलाई आग्रह गरेका हुन् ।

मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले वातावरणीय प्रभाव मूल्यांकनको नाममा निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले सो विमानस्थल निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे । सो विमानस्थल अघि बढाउन सहज वातावरण बनाउन समितिले स्थलगत अवलोकनको काममा पनि ढिलाई गर्न नहुने प्रमुख प्रतिपक्ष दलका नेता पाण्डेको प्रस्ताव छ ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिए । उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणसम्बन्धि विवाद तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराए ।

बैठकमा समितिकी सभापति दिलकुमारी रावलले दसैं–तिहारको बीचमा निजगढ अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकनका लागि जाने गरी आवश्यक तयारी गर्न सचिवालयलाई निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...