निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको छ : कांग्रेस



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्ष दल कांग्रेसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको उल्लेख गर्दै सचेत रहनु सरकारलाई आग्रह गरेको छ । कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको दाबी गर्दै सचेत रहन सरकारलाई आग्रह गरेका हुन् ।

मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले वातावरणीय प्रभाव मूल्यांकनको नाममा निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले सो विमानस्थल निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे । सो विमानस्थल अघि बढाउन सहज वातावरण बनाउन समितिले स्थलगत अवलोकनको काममा पनि ढिलाई गर्न नहुने प्रमुख प्रतिपक्ष दलका नेता पाण्डेको प्रस्ताव छ ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिए । उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणसम्बन्धि विवाद तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराए ।

बैठकमा समितिकी सभापति दिलकुमारी रावलले दसैं–तिहारको बीचमा निजगढ अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकनका लागि जाने गरी आवश्यक तयारी गर्न सचिवालयलाई निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...