झन्डै ठोकिएन चिनियाँ-अमेरिकी युद्धक जहाज



हाम्रो इकोनोमि

 

दक्षिण चीन सागरमा गस्तीको समयमा अमेरिकी नौसेनाको जहाज डेकोटर र चिनियाँ लडाकु जहाज लुयाङ्ग डेस्ट्रोयर आइतवार विवादित स्प्र्याटली द्वीप नजिकै अचानक आमने सामने भएका छन्। यस घटनापछि दुवै देशबीच तनजाव बढेको छ।

 

अमेरिकी रक्षा अधिकारीका अनुसार घटनाको समयमा दुई जहाज केबल ४५ यार्ड (१३५ फिट) नजिक आइपुगेका थिए । अमेरिकी समुद्री सैन्यका प्रवक्ता क्याप्टेन चार्ल्स ब्राउनले यस घटनाको पुष्टि गरेका छन् ।

 

उनका अनुसार जहाजलाई ठोक्किनबाट बचाउन अमेरिकी जहाजका क्याप्टेनले हिम्मत देखाउँदै दुर्घटनालाई टारिदिएका हु्न्

 

ब्राउनले चिनियाँ जहाज विवादित इलाकामा युद्धाभ्यास गरिरहेको आरोप लगाएका छन् । युद्धाभ्यास गरिरहेको चिनियाँ जहाजलाई इलाका छाड्न चेतावनी पनि दिइएको थियो । ब्राउनले अन्तरर्राष्ट्रिय कानुनको अनुमति अनुसार नै अमेरिकी सेना आफ्नो उडान र गस्ती गरिरहेको थियो ।

 

१२ वर्ष समुद्रमा बिताएका अमेरिकी नौसेनाका पूर्व कप्तान कार्ल सचरले दुवै जहाज अचानक सामुन्ने आएपछि कुनै पनि निर्णय लिन क्याप्टेनसँग केही पल मात्रै समय मिलेको हुन्छ । कार्लका अनुसार जहाजबीचको दूरी कम हुँदा दुवै जहाजका कप्तान डराएका थिए ।

 

चीनको रक्षा मन्त्रालयका प्रवक्ता वू कियानले अमेरिकाले विवादित क्षेत्रमा पटक पटक आफ्नो लडाकु जहाज पठाइरहेको छ। उनले चीनको सम्प्रभुता र सुरक्षाप्रति यो खतरा हो । आफ्नो सम्प्रभूता रक्षाका लागि चिनियाँ सेना हरहालमा आफ्नो कर्तब्य पुरा गर्न तयार रहेको उनले बताएका छन् ।

 

कार्ल सचरले दक्षिण चीन सागरमा अमेरिकी जहाजप्रति चीनले धेरै आक्रामक नीति लिइरहेको बताएका छन् । लडाकु जहाज आमने सामने भएपछि दुवै देशबीच तनाव पनि बढेको छ। यस्तोमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अक्टोबरमा हुने आफ्नो चीन भ्रमणको कार्यक्रम पनि रद्ध गरिदिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...