प्रचण्डकी बुहारी बिना मगरको मन्त्रालयमा शृङखलाबद्ध अनियमितता, मन्त्रालयका हाकिम नै पानी तस्करीमा!



हाम्रो इकोनोमि

 

खानेपानी तथा सरसफाई मन्त्रालयमा श्रृङखलाबद्ध रुपमा अनियमितता हुने गरेको पाइएको छ । खानेपानी संस्थानका लागि पाइप लगायत विभिन्न समान खरिदमा मन्त्रालयको कर्मचारीको मिलेमतोमा अनियमितता भएको खबर बाहिर आइरहेका बेला सोही मन्त्रालय अन्तरगतको अर्को गम्भीर अनियमितता भएको बाहिर आएको हो ।

 

पछिल्लो सयम खानेपानी मन्त्रालय मातहतका निकायका हाकिमहरु पानी तस्करीमा लागेको खुल्नमा आएको छ । यसरी पानी तस्कारीमा लाग्ने मन्त्रालय मातहतका निकाय सुदूरपश्चिम क्षेत्रीय खानेपानी आयोजना र मेलम्ची खानेपानी परियोजनाका हाकिमहरु रहेका छन् ।

 

सुदूरपश्चिम क्षेत्रीय खानेपानी आयोजनाका निर्देशक प्रदीप मुडवरी र मेलम्ची खानेपानी परियोजनाका कार्यकारी निर्देशक सुर्य कंडेलले श्रीमतीको नाममा पानी कम्पनी दर्ता गराएर पानीको विक्री गर्ने गरेको स्रोतले बताएको छ ।

 

उनीहरुले पानीको बोतल तथा जारमा पानी हालेर बिक्री गर्दै आएका छन् । सरकारी कर्मचारीले यसरी पानीको बोतल र जारमा पानी हालेर विक्री गर्नु एक किसिमको तस्कारी नै रहेको उपभोक्ता अधिकारकर्मीहरुले बताएका छन् ।

 

स्रोतका अनुसार उनीहरुले एक आइटी कलेज सञ्चालक सुरेन्द्र अधिकारीसँगको सहकार्यमा बोतलको पानीमा लगानी  गरिरहेका छन् ।

 

त्यस्तै खानेपानीबाटै अवकाश पाएका  ईञ्जिनियर केशवराज विष्टहरुलाई समेत आफ्नो पानी व्यवसायमा सामेल गराएको स्रोतको दावी छ ।

तर, उनीहरु तीनै जनाले आफुहरु पानीमा लगानी नगरेको दावी गर्दै आएको बताइएको छ ।

दुर्गन्धित पानी पिउन बाध्य छन, बाढीपीडित

सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।

हालै आएको बाढीबाट प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै ५०० घरपरिवार दुर्गन्धित पानी पिउन बाध्य भएका हुन् ।

घर आँगनमा बाढी पसेपछि त्यहाँ रहेका ट्युबेलको पानीमा अहिले लेदो आउन थालेपछि उनीहरु स्वच्छ पानी पिउनबाट वञ्चित भएको स्थानीयवासी आकाश यादवले बताउनुभयो ।

 

ट्युबेलमा लेदो र दुर्गन्धित पानी आउन थालेपछि त्यहाँका हजारौँ वासिन्दा त्यही पानी पिउन बाध्य भएको बाढीपीडित राम सदाले बताउनुभयो । दुर्गन्धित पानी खाएकै कारण अहिले सो क्षेत्रका वासिन्दा बिरामी पर्न थालेको बताइएको छ ।

दुर्गन्धित पानी पिउने गरेका कारण अहिले बाढीपीडितमा झाडापखाला, निमोनिया, रुघाखोकी, आँखा पाक्ने र घाँटी दुख्नेजस्ता रोगहरु देखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...