माधव कमरेड, तपाईले चाँहि विधि, प्रकृया मान्नु पर्दैन ?
सत्तारुद दल नेकपाकाअध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७३ औं महासभालाई सम्बोधन गर्दै नेपालको राजनीतिक द्धन्द व्यवस्थापन विश्वकै लागि अनुकरणीय भएको उल्लेख गर्दै शान्ति प्रकृया र स्थायित्वका लागि बाहिरी शक्ति भन्दा पनि सम्बन्धित देशको राजनीतिक ईच्छाशक्ति महत्वपूर्ण हुने जस्को उदाहरण नेपाल हो भनेर बताइरहदा नेपालमा उनकै दलका एक शीर्ष नेता भने ओली नेतृत्वको सरकारमाथि हमला गर्न पुगे ।
दुई तिहाई जनसमर्थन प्राप्त ओली सरकारमाथि चौतर्फि घेराबन्दी भइरहेको बताइएकै बेला सरकारमाथि गम्भिर आरोप लगाउदै नेकपाको तेश्रो वरियतामा रहेका माधव नेपाल आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीप्रति आक्रामक ढंगले प्रस्तुत भए ।
प्रधानमन्त्री ओली देश बाहिर रहेको र अर्का अध्यक्ष प्रचण्ड पनि सिंगापुर रहेका बेला नेता नेपाल भने प्रतिपक्षी दलका नेताहरु भन्दा एक कदम अघि बढेर ओली र ओली सरकार विरुद्ध उत्रिएपछि विभिन्न संशयहरु पैदा गरेको छ ।
चौतर्फि रुपमा ओली सरकारमाथि हमला भइरहेको बेला बमवारीकै शैलीमा उत्रिएका नेता नेपाल यसअघि दुई अध्यक्ष देश वाहिर जाँदा पार्टी प्रमुखका रुपमा रहदै आएका थिए । तर यस पटक दुबै अध्यक्ष देश बाहिर गएको परिवेशमा संसददेखि सार्वजनिक कार्यक्रममा प्रतिपक्षी दलको नेता जसरी प्रस्तुत हुनुलाई यस पटक पार्टी कावा अध्यक्ष नदिइएको अन्तर्यलाई जोडेर हेर्नेहरु पनि पार्टीभित्रै देखिन्छन् ।
त्यसो त ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएको बेला आकास्मिक ढंगले श्रीमतीको उपचारका सन्दर्भ देखाउदै अध्यक्ष पुष्पकमल दाहाल सिंगापुर जानु, नेता नेपालले संसदमा बोल्नु र कुनै प्रसंग बिना हतार हतार नेता नेपालले चियापान कार्यक्रम राख्नु संयोग मात्र हो कि अरु नै केही कथा छन ? समयले बताउला नै । तर यसपछि भने विशेष गरी नेकपा कार्यकर्ताबीच विभिन्न संशय र कौतुहलता जन्मिएको छ ।
नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच एकता भई पार्टी एकीकरण संगै दुई तिहाईको सरकार निमार्ण भएपछि केही घरेलु र वाह्य शक्तिलाई ज्वरो आएको छ । यस्तो मनोबैज्ञानिक ज्वरोले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस ग्रस्त देखिन्छ ।
केही शक्तिलाई सातो गए जस्तो भएको छ । यो परिवेशमा पार्टीकै एक शिर्ष नेताले यसरी उत्रिएपछि नेकपा र ओली सरकार असफल बनाउने ध्याउन्नमा लागेकाहरु दंग पर्दै जुँगामा ताउ लगाइरहेका छन् ।
पार्टी र सरकार विरोधी शक्तिलाई नेता नेपालको पछिल्ला कृयाकलापले हर्षित तुल्याए पनि नेकपा कार्यकर्ता र पार्टी एकीकरणबाट खुशी बनेका तथा देशको विकाश र आर्थिक समृद्धिको पर्खाइमा बसिरहेका जनता भने चिन्तित बनाएको छ ।
नेता नेपालले उठान गर्न खोजेका केही विषय जायज होलान् तर यी विषय अहिले विरोधी खुशी हुने गरी सडकमा असरल्ल हुने गरी अहिले नै नराख्दा आकासै खस्ने, देश नै डुबिहाल्ने अवस्था थिएन । अहं,बिल्कुलै थिएन ।
त्यसका पनि विधि, प्रकृया होलान । यो कुरा १५÷१५ वर्ष पार्टी प्रमुखको जिम्मेबारी निर्वाह गरेका र देश र जनताका पक्षमा काम गर्ने हो, नभएपनि कार्यकर्ता र देशभक्त जनताको मन दुखाउने गराउने गरी काम गर्नु हुदैन भन्ने तिनै नेताहरुले गर्दै आएको स्कुलिङ्ग हो ।
आजको कम्युुनिष्ट आन्दोलनको इतिहास जोडिएको अक्टोबर क्रान्ति अनि लेनिनका कार्यनीति, नेपाली कम्युनिष्ट आन्दोलनको गुट–फुट, आरोह–अवरोह र आन्दोलन भित्र देखा परेका विभिन्न पात्र–प्रकृतिबारे यो रन्वहुत अध्ययन गरेका नेताले अझ भनौ नेकपाको एक साधारण सदस्यको हिसाबले मेरो मनमा पनि विभिन्न शंका, उपशंका र कौतुहलताले डेरा जमाउन थालेको छ ।
त्यसो त नेता नेपालको पछिल्ला कार्यहरुको लेखाजोखा गर्दै नेता नेपालको अभिव्यक्तिले जानी नजानी कसलाई मलजल गरिरहेको छ, जनचाहाना अनुरुप कम्युनिष्टहरुको एउटै पार्टी र बलियो सरकारको निमार्ण भइरहेको बेला अब फेरी के हुन लाग्यो भन्दै चिन्ता गर्नेहरु तथा पार्टी पनि फुटोस् तथा सरकार पनि ढलोस, असफल बनोस् भन्नेहरुले अनुमानका चाङहरु लगाउदै भत्काउदै गरेको पनि पाइन्छ ।
जे होस् घरभित्रको मामला बाहिर ल्याउदा त्यस्ले पक्कै भाई–भाईहरु बीचको सम्बन्धमा राम्रो गर्छ भन्ने लाग्दैन ।
तत्कालिन नेकपा एमालेकै शिर्षनेताहरुकै नेतृत्वमा पनि सरकार बने तर जनताले याद गर्न लायक काम गरेको सम्झना छैन । बल्ल केपी ओलीको नेतृत्वमा सरकार बन्यो, त्यो सरकारले केही याद गर्न लायक काम गरेर देखायो । त्यसैको जगमा पार्टी एकता मात्र सम्भव भएन, जनताको विश्वास बढ्दै गयो कम्युनिष्ट पार्टीप्रति ।
जस्को परिणाम स्वरुप आज मुलुकमा दुई तिहाईको सरकार छ । कम्युनिष्ट आन्दोलन, पार्टी र सरकार बलियो हुँदा त्यस्को लाभ, सुविधा र अवसर नेताहरुले नै लिने हो । हामी जस्ता निम्छरा कार्यकर्ताले पार्टी र सरकारले राम्रा काम गरोस् भनेर कामना गर्ने हो
पार्टी र सरकार संचालनमा नेत्तृत्वका कमी कमजोरी होलान्, हुन सक्छन, तिनलाई सच्चाउदै अघि बढ्नु पर्छ । यस विषयमा वरिष्ठ नेता नेपालमा आफूले पार्टी प्रमुख र सरकार प्रमुख भएर राज्य संचालन गर्दाका तीता–मिठा अनुभव छन् नै, त्यस बेलालाई पनि स्मरण गर्नु उचित नै लाग्दछ ।
हामी जस्ता तल्लो तहका कार्यकर्ता र जनतालाई केही चाहिएको छैन । वश नेपाली जनताको भावना अनुरुप दुई पार्टीबीच भएको एकीकरण पश्चात बनेको नेकपा अझ बलियो र विशाल बन्दै जनपक्षीय काम गरोस्, दुई तिहाई जनमत प्राप्त यो सरकारले समाज परिवर्तन गर्दै किसान, मजदुर, गरीब, निमुखा जनताको जीवनस्तर उठाउने गरी देश विकास र आर्थिक समृद्धिको पथ अघि बढोस् भन्ने हो ।
अधिकांश नेपाली जनता सधै चेप्टिएर, चुसिएर हैरान भए, टाउको माथि उठाउन पाएनन् । दुईचार अक्षर पढेका युवा त निस्के तर जापान, अमेरिकाको सपना बोकेर काठमाण्डौ छिरेका उनीहरु अरब, मलेसियामा चुत्थो जागिरका लागि जानुपर्ने परिस्थिति कायमै छ । बाह्र पास गरेपछि देशमै होइन क्यानडा, अष्ट्रेलिया जान खुट्टा उचाल्ने अवस्था जिवितै छ ।
२०४६ सालपछि धेरै सरकार बने, कांग्रेसले धेरै वर्ष नेपाल र नेपालीलाई चुसेर देश खोक्रो बनायो । २०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकार बन्यो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको त्यो सरकार लोककल्याणकारी सरकार बन्यो र जनमुखी र जनपक्षीय काम गर्यो ।
त्यसैको ब्याज मूलतः नेताहरुले खाइरहेका छन् । त्यसपछि पनि थुप्रै सरकार बने । तत्कालिन नेकपा एमालेकै शिर्षनेताहरुकै नेतृत्वमा पनि सरकार बने तर जनताले याद गर्न लायक काम गरेको सम्झना छैन ।
आग्रह पूर्वाग्रह त्यागेर पार्टी र सरकार संचालनमा केही कमजोरी छन् भने तिनलाई कोठा भित्र बसेर सल्टाउनु होस् । यो गाँड कोराकोरले कसैलाई कतै पुर्याउदैन । वृक्ष राम्रो रह्यो भने, ठूलो भयो भने मात्र फल राम्रो लाग्छ र फल खान पाइन्छ ।
वृक्षनै नरहे कहाँ फल खान पाइएला । राम्रो राम्रो फल खाने तपाईहरु नै हो तसर्थ वृक्षको मलजल कार्यकर्ताहरुले नै गरि राखेका छन्, तपाईहरुले संरक्षण गरिदिए पुग्छ
बल्ल केपी ओलीको नेतृत्वमा सरकार बन्यो, त्यो सरकारले केही याद गर्न लायक काम गरेर देखायो । त्यसैको जगमा पार्टी एकता मात्र सम्भव भएन, जनताको विश्वास बढ्दै गयो कम्युनिष्ट पार्टीप्रति । जस्को परिणाम स्वरुप आज मुलुकमा दुई तिहाईको सरकार छ ।
कम्युनिष्ट आन्दोलन, पार्टी र सरकार बलियो हुँदा त्यस्को लाभ, सुविधा र अवसर नेताहरुले नै लिने हो । हामी जस्ता निम्छरा कार्यकर्ताले पार्टी र सरकारले राम्रा काम गरोस् भनेर कामना गर्ने हो ।
जनतासंगै बसेर ताली बजाउने मात्र हो । किनकी डाडु पन्यु सदैव तपाइहरुकै हातमा छ । फरक यति हो, डाडु पन्यु कहिले सासुको हातमा कहिले बुहारीको हातमा । हिजो डाडु पन्यु अहिलेका वरिष्ठ नेता माधव नेपालका हातमा थियो, त्यसपछि अर्का वरिष्ठ नेता झलकनाथ खनालका हातमा पुग्यो, अहिले केपी ओलीको हातमा पुगेको छ, पुष्पकमल दाहाल संगै ।
भोली फेरी दाहाल, नेपाल वा खनालको हातमा पनि पुग्न सक्छ वा वामदेव गौतम, विष्णु पौडेलहरुको हातमा सम्म पुग्न सक्छ । त्यस बाहिर डाडु पन्यु दिन त तपाईहरु दिन तयार हुनु हुन्न । यिनेगिनेका शिर्ष नेताहरु आ–आफ्नो स्वार्थ मिल्दा एक ठाउँमै भइहाल्ने उदाहरण त हामी सामु धेरै छन् ।
युवाहरुलाई नेतृत्व नदिने सन्दर्भमा त तपाईहरु एक ठाँउ भइहाल्छ, युवानेताहरुलाई गुटका नाममा झुण्ड बनाउने नियति त छदैछ । युवा नेताहरुमा कुनै पाको वा शिर्षनेतालाई सिरानी नहाली अघि बढ्न नसक्ने रोग पनि छदैछ ।
त्यसैले आग्रह पूर्वाग्रह त्यागेर पार्टी र सरकार संचालनमा केही कमजोरी छन् भने तिनलाई कोठा भित्र बसेर सल्टाउनु होस् । यो गाँड कोराकोरले कसैलाई कतै पुर्याउदैन । वृक्ष राम्रो रह्यो भने, ठूलो भयो भने मात्र फल राम्रो लाग्छ र फल खान पाइन्छ ।
वृक्षनै नरहे कहाँ फल खान पाइएला । राम्रो राम्रो फल खाने तपाईहरु नै हो तसर्थ वृक्षको मलजल कार्यकर्ताहरुले नै गरि राखेका छन्, तपाईहरुले संरक्षण गरिदिए पुग्छ ।
संरक्षण गर्न चुक्नु भयो भने बदलिदै गरेको समय, समाज र परिस्थितिले हिसाब–किताब गर्नेछ । एउटै डुङ्गामा सवार यात्रीहरु डुङ्गामा प्वाल पर्न लाग्यो भनेर कोही खुशी हुनु भन्दा प्वाल पर्न लागेको छ भने समयमै टाल्ने तिर लाग्नु पर्छ । प्वाल पर्यो भनेर दंग परियो भने डुङ्गा डुब्दा सवार सबैको एउटै गति हुन्छ ।