उपेन्द्र यादवलाई अमेरिकाले किन दिएन भिषा ? यस्तो रहेछ कारण



हाम्रो इकोनोमि

 

 

 

नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई अमेरिकाले भिसा नै नदिएपछि संयुक्त राष्ट्रसंघको कार्यक्रममा उनले भाग लिन पाएनन् ।

 

सन् १९१८ सेप्टेम्बर २६ र २७ मा संयुक्त राष्ट्रसंघमा क्षयरोग र नसर्ने रोगहरुको बारेमा भाग लिन मन्त्री यादवलाई बोलाइएको थियो । विश्व स्वास्थ्य संगठनको उक्त कार्यक्रममा उनलाई २ वटा सेसनमा वक्ताका रुपमा राखिएको थियो ।

 

उक्त कार्यक्रममा भाग लिनका लागि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, उनका छोरा दिपेश यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२ औं तहका डा. सुशील प्याकुरेल समेत जाने तय भएको थियो । तर उपप्रधानमन्त्री यादव र उनका छोरा दिपेशलाई भिसा नै नदिएपछि डा. प्याकुरेलमात्र सेप्टेम्बर २४ मा गएर कार्यक्रममा सहभागी भई २९ तारिखमा फर्किएका थिए ।

 

उपप्रधानमन्त्री यादवले अमेरिकी सरकारले भिसा नदिएको कुरा स्वीकार गरेका छन् । उनले भने–‘नेपाल सरकारले अमेरिका सरकारलाई भिसा देऊ भनेर लेखेको हो । यूएनमा भाग लिने हो । वक्ताका रुपमा यूएनले राख्यो । मैले दुई वटा सेसनमा बोल्नुपर्ने कार्यतालिका राखिएको थियो । तर भिसा दिइएन । भिसा नदिइएका कारण त्यो कार्यक्रम रद्द गर्नुप¥यो ।’

अमेरिकी सरकारले भिसा नदिने भएपछि उपप्रधानमन्त्री यादवले परराष्ट्र मन्त्रालयमार्फत् पुनः एकपटक प्रयास गरे । तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीदेखि सचिव शंकरदास बैरागी र बरिष्ठ सहसचिव भरतराज पौडेल पनि अमेरिकामा गएका कारण भिसानोट लेख्न निमित्त सचिवले आँट गर्नसकेनन् ।
सेप्टेम्बर २६ मा क्षयरोग र २७ मा नसर्ने रोगहरुका बारेमा कार्यक्रम राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...