गुट बनाएको दिन सबैभन्दा ठूलो गुट मेरै हुन्छ : झलनाथ खनाल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता भफलनाथ खनालले पार्टीमा शक्ति संघर्षका लागि गुट बनाउनै परे सबैभन्दा ठूलो गुट आफ्नै हुने घोषणा गर्नुभएको छ ।

 

आफू अहिलेसम्म नेकपाको गुटमा रहेको भन्दै खनालले सार्वजनिक खपथका लागि गुटवन्दी नचाहेको तर बनाउनै पर्ने बाध्यता आए आफले बनाएको सगुट नै वैभन्दा ठुलो हुने ठोकुवा गर्नुभयो । उहाँले अर्का वरिष्ठ नेता माधवकुमार नेपालको गुटबन्दीप्रति असन्तुष्टि पनि जनाउनु भयो ।

 

‘सबैले गुट बनाउने खालको मात्रै कुरा गर्ने र पार्टीमा गुटैगुट भयो भने त्यो बेला मैले पनि सोच्नु पर्ने स्थिति आउन सक्छ । गुट बनाउनुपर्यो भने त म सबैभन्दा ठूलो गुट बनाउँछु, गुट बनाएकै दिन वैभन्दा ठुलो गुट मेरै हन्छ,’ खनालले जनटा टाइम्ससँग भन्नुभयो ।

 

खनालले आफू अहिलेसम्म गुट बनाउनेतिर नलागेको कारण अझै निर्णयमा पुगिनसकेको बताउनु भयो । ‘म कहिल्यै गुट–उपगुटमा लागिन र लाग्ने पनि छैन । पार्टीलाई नीति र विधिमा लगिए यस्ता देखिन थालेका गुट उपगुट सबै सकिन्छन,’ खनालले भन्नुभयो ।

 

उहाँले पार्टी कमिटीको नियमित बैठक बस्न नसक्दा अहिले विभिन्न नेताहरुले आआफ्ना कसरत गरिरहेको धारणा पनि राख्नुभयो ।

 

खनालले आफू पार्टीको बरिष्ठ नेता भएकोले निरन्तर पार्टीलाई एउटा कार्यदिशा दिन लागिरहेको बताउनु भयो । वरिष्ठ नेता खनालले कुनै पनि नेताले गुटबन्दी गर्ने खालको कुरा गर्छ भने त्यो दुर्भाग्यपुर्ण हुने धारणासमेत राख्नुभयो ।

प्रधानमन्त्री ओली र कोष्टारिकाका राष्ट्रपति क्युसाडाविच शिष्टाचार भेट

धानमन्त्री केपी ओली र कोष्टारिकाका राष्ट्रपति अल्भाराडो क्युसाडाविच शिष्टाचार भेट भएको छ । विकास र उर्जा क्षेत्रमा सहकार्यका विषयमा भेटवार्ता केन्द्रीत रहेको थियो ।

 

भेटपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीच गरिबी निवारण, दिगो विकास, वातावरण संरक्षण र उर्जा क्षेत्रमा सहकार्यका सम्भावना रहेको बताउनुभयो ।

 

राष्ट्रसंघ जस्ता अन्य अन्तर्राष्ट्रिय फोरममा आपसी हितका एजेण्डामा सहकार्यको सहमति भएको बताउनुभएको छ । आगामी दिनमा दुई मुलुकबीचको सहकार्यका लागि प्रधानमन्त्रीले आग्रह गर्नुभयो । जलवायु वातावरण, विश्व शान्ति स्थापना लगायतका एजेण्डामा छलफल भएको राष्ट्रपति क्युसाडाले बताउनुभयो ।

 

कोष्टारिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट्रसंघीय शान्ति विश्वविद्यालयले मानार्थ विद्या वारिधीको उपाधि प्रदान गरेको छ । प्रधानमन्त्री ओलीलाई दर्शनशास्त्रको मानार्थ विद्या वारिधी प्रदान गरिएको हो ।

 

नेपालमा शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको कदर गर्दै उपाधि प्रदान गरिएको विश्वविद्यालयले उल्लेख गरेको छ । नेपालमा लैङ्गिक समानता तथा समावेशितासहित शान्ति प्रक्रियाको विश्वविद्यालयले प्रशंसा गरेको छ ।

 

विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाको उपलब्धिबारे अनुभव सुनाउनु भएको थियो । विद्यमान विश्वको समस्याको जवाफ विश्वविद्यालयका विद्वानहरुले खोज्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

 

युद्धको अन्त्य मात्र नभई शान्ति स्थापनाका लागि राजनीतिक, आर्थिक र सांस्कृतिक स्वतन्त्रता समेत आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभएको उहाँका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सल्लाहकार रिमाल सहित न्युयोर्क गएको टोलीसँगै प्रधानमन्त्री ओली कोष्टारिका जानुभएको हो ।

 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर कोष्टारिका पुग्नु भएका प्रधानमन्त्री ओली न्यूर्योक हुँदै काठमाडौं फर्कनुहुने न्युर्योक स्थित महावाणिज्य दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...