यी हुन् निर्मला पन्तका हत्यारा, कांग्रेसले दियो दोषीहरुको नाम



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे रोशनी बम र बबिता बम दिदीबहिनीलाई जानकारी रहेको दाबी गरेका छन् ।

 

डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका नेता बलायरले कम्युनिस्ट सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको बताए । सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका पूर्वमन्त्री समेत रहेका बलायरले रोशनी बम र बबिता बम दिदीबहिनीबाट हत्याका बारेमा सबै खुल्ने दाबी गरेका हुन् ।

 

नेता बलायरले भने, ‘निर्मला पन्तहराएकै राति रोशनी बम र बबिता बम दिदीबहिनीहरुको घरमा छापा मारेको भए निर्मला भरसक जिउँदै नभए शव प्राप्त हुन्थ्यो । तर, प्रहरीले राति जान नमिल्ने भन्दै वास्ता गरेन ।’

 

निर्मला १० साउनमा रोशनी बमको घरमा गएकी थिइन् । त्यो घरमा रोशनी र उनकी दिदी वविता मात्र बस्थे । छोरी नआएपछि साँझ आफू खोज्न जाँदा बबतिाले आफूलाई नराम्रो व्यवहार गरेको आमा दुर्गादेवीको पनि गुनासो छ ।

 

स्थानीयबासीले सुरुदेखि नै बम दिदीबहिनीबाट हत्या प्रकरणको अनुसन्धान गर्नु पर्ने माग गरेका थिए ।

 

निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका पूर्वमन्त्री बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको बताए ।

 

कांग्रेस नेता बलायरले भने, ‘यो मेरो ठोकुवा हो । निर्मलाको हत्या त्यही घरमा भएको हो वा जिउँदै कसले लगेको हो, उनीहरुलाई सबै थाहा छ ।’रिपब्लिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...