बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य अन्तिम चरणमा पुगेको छ। बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ।

 

सरकारले दुई वर्षअघि नै बालुवाटारमा बगैंचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो। त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ।

 

भीभीआईपीको आवास व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटारको रूपरङ नै फेरिने गरी बगैंचा व्यवस्थापनको काम गरेको हो। त्यो अहिले अन्तिम चरणमा पुगेको छ।

 

बगैंचा व्यवस्थापनको ९० प्रतिशत काम सकिएको कार्यालयका प्रवक्ता सिनियर इन्जिनियर चन्द्रशेखर महतोले जानकारी दिए। कार्यालयले २०७३ साल ८ भदौदेखि बगैंचा व्यवस्थापन थालेको थियो। एक महिनाभित्र बगैंचा व्यवस्थापन सकेर त्यसलाई हस्तान्तरण गरिने प्रवक्ता महतोले जानकारी दिए।

 

प्रधानमन्त्री निवास बालुवाटारभित्रै मुख्यसचिव बस्ने सरकारी आवास निर्माणसमेत अन्तिम चरणमा पुगेको छ। हालसम्म बालुवाटारमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख मात्रै बस्दै आएका छन्। केही दिनभित्रै सरकारका मुख्यसचिव पनि बालुवाटारमै बस्नेछन्।

 

मुख्यसचिवको अत्याधुनिक चारतले आवास निर्माणका लागि ४ करोड ५१ लाख खर्च भएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले जानकारी दिएको छ।

 

आवासमा अत्याधुनिक पूजाकोठा र योग हलसमेत छ। पूर्ण रूपमा नेपालीपन झल्किने र कलात्मक डिजाइनका साथ मुख्यसचिवको आवास बनाइएको कार्यालयले बताएको छ।

अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...