नेकपाका सांसदको आरोप: ‘चिनीको कोटा तोक्दा आर्थिक चलखेल’



हाम्रो इकोनोमि

 

 

आयातमा प्रतिवन्ध लगाएर चिनीको मूल्य वृद्धिमा सरकारले सहयोग पुर्‍याएका आरोप लगाएका सांसदहरूले कोटा निर्धारणको विषयमा छानविन गर्न माग गरेका छन्।

 

एक केजी चीन उपभोक्ताकोसम्म आइपुग्दा एक महिना अघिको तुलनामा २० रुपैयाँसम्म मूल्य वृद्धि भएपछि संसदीय समितिहरूमा यो विषय बहसमा छ।  सांसदहरूले सरकारको मिलेमतो नभएको भन्दै आरोप लगाएका छन्।

 

यसअघि गत बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा तीन घण्टा लामो बैठक उद्योग वाणिज्य तथा उपभोक्ता समितिमा छलफल पछि पनि सम्वन्धित समितले कुनै निर्णय लिन नसकेको अवस्थामा सोमबार बसेको लेखा समितिले मूल्य वृद्धि फिर्ताको लागि निर्देशन दिएको छ।

 

‘हामीले यस अघि सरकारसँग उद्योगीले गरेकव प्रतिवद्धता अनुसार मूल्य नबढाउन निर्देशन दिएका छौँ’ लेखा समिति सभापति भरतकुमार शाहाले   भने।  समितिले मूल्य वृद्धिको फिर्ताको निर्देशन दिए पनि समिति सदस्यहरूले छानविन समिति बनाएर अघि बढ्नको लागि सभापति शाहलाई आग्रह गरेका छन्।

 

संसदीय समितिमा घुम्दै ‘चिनी’, हुन्छ छलफल तर्किन्छन् मन्त्री    सत्ता पक्षीय सांसदहरूले समेत चिनीको कोटा निर्धारणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन्। सोमबारको बैठमा नेकपाका सांसद तथा समिति सदस्य लेखनाथ भट्टले कोटा निर्धारणमा ठूलो आर्थिक चलखेल भएको भन्दै छानविनको लागि माग गरेका हुन्।

 

‘चिनी आयातमा कोटा तोक्ने निर्णय लिदा ठूलो आर्थिक चलखेल भएको छ’, भट्टले भने ‘परिमाणात्मक बन्देज लगाउने सरकारको निर्णयमाथि छानबिन गर्नु पर्छ माग गरे।

 

समिति सदस्य हृदयेश त्रिपाठीले चिनीको पहिला अत्यधिक रुपमा चिनीको आयत बढाएर बन्देज लगाउने निर्णले चलखेलको आशंका जन्माएको बताए। समिति सदस्य प्रेमबहादुर राईले आयात प्रतिबन्धको निर्णय नै खारेज गर्नु पर्ने माग गरे।

 

‘चिनीको भाउ किलोमै सय रुपैयाँ पुग्ने अवस्था देखिँदैछ, यसको जिम्मेवारी कसले लिन्छ?’ राईले भने ‘आयातमा प्रतिवन्धको निर्णय खारेज गर्नु पर्छ।’ उद्योग वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरेले चिनीको आयात अत्यधिक भएकाले आयातमा कोटा तोक्नु परेको दाबी गरे।

 

सरकाले प्रत्येक वर्ष एक लाख टन चिनी आयात मात्रै गर्न दिनेगरी परिणात्मक बन्देज लगाएकोमा यो वर्षको लागि एक लाख टन आयत भइसकेको पूर्ण बन्देज भएको यस अघि अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयमा आयोजति कार्यक्रममा स्पोष्टोक्ति दिएका थिए।

 

यो वर्षको लागि चिनीको आयात पूर्ण बन्देज    उद्योगीहरूले भने आफ्नो तर्फबाट प्रतिकेजी सात रुपैयाँ घाटा खाएर भ्याटसहित ६५ रुपैयाँमा मात्रै चिनी उपलब्ध गराएको दाबी गरका छन्।

 

‘हामीले ६५ रुपैयाँमा चिनी उपलब्ध गारएका छौँ, बजार कतिमा बेच्छन् नियमन हामीले गर्ने हैन’ नेपाल चिनी उद्योग महासंघका अध्यक्ष शशिकान्त अग्रवालले  भने।

प्रतिक्रिया दिनुहोस
३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...

ओलीलाई पक्राउ गर्नु नै सरकारले १०० दिनको उपलब्धि ठान्यो : एमाले

    नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी...

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

    २५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो...