निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण द्रुत गतिमा अघि बढाउन निर्देशन



हाम्रो इकोनोमि

 

संसदीय समितिले जनचासोको विषयलाई तत्काल सम्बोधन गरेर निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई द्रुत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

 

संघीय संसद अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले वन कटान गर्नेलगायतका विवादित विषयलाई सम्बोधन गरेर निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम द्रूत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

 

जनचासोको विषयलाई समेत सम्बोधन गरेर निजगढ अन्तराष्ट्रिय विमानस्थलको कामलाई द्रुत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितीकी सभापति दिलकुमारी रावलले जानकारी दिइन् ।

 

समितिले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम एक वर्ष भित्र सम्पन्न गर्न पनि सरकारलाई सचेत गराएको छ ।

 

त्यसैगरी पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सञ्चालन गराउन जग्गाको मुआब्जा सम्बन्धि व्यवस्था तत्काल गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

 

पशुपतिनाथ दर्शनमा उठेका भेटिलगायतका सम्पत्ति पारदर्शी बनाउन सरकारलाई सचेत गराइएको समितिकी सभापति रावलले जानकारी दिए । समितिले लुम्विनी क्षेत्र विकास कोषको गुरु योजना तत्काल निर्माण गरी काम अघि बढाउन पनि सरकारलाई निर्देश गरेको छ ।

 

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले जनचासाको विषय सम्बोधन गरेर निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

 

उनले सो विमानस्थल निर्माण गर्दा वन क्षेत्रको फडानी कमहोस् भन्नेमा सरकार सचेत रहेको पनि समिति समक्ष जानकारी गराए । मन्त्री अधिकारीले विस्तृत परियोजना प्रतिवेदन तयार पारेरै सो विमानस्थल निर्माणको काम अघि बढाएको दाबी गरे ।

 

अधिकारीले अन्तराष्ट्रिय विमानस्थलहरुको कामको अनुगमन गर्न पनि समितिलाई आग्रह गरे । उनले आफू पनि अनुगमनको क्रममा समितिका सांसदहरुसँगै जाने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री अधिकारीले आफू मातहतको राष्ट्रिय गौरवको आयोजना निर्माणको काम तोकिएको अवधिमा सम्पन्न गर्ने प्रतिवद्धता समेत दोहो¥याए ।

 

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजना निर्माणको काममा ढिलाई गरिएको भन्दै मन्त्री अधिकारीको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...