आेलीलाई काउन्टर दिँदै योगेश भट्टराईले बाहिर ल्याए पार्टी भित्रको विकृतिको पोको, प्रचण्डलाई समेत छाडेनन्



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी भित्र लोकतान्त्रिक स्पेस खुम्चिदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

 

नेता भट्टराईले पार्टी एकता जनताबाट अनुमोदित विषय भएकाले यसलाई सबैले स्विकार गर्नुको विकल्प नरहेको भन्दै एकता प्रक्रियामा कुनै निश्चित मोडालिटी (फर्म्याट) नबनाएर अगाडी बढ्दा समस्या उत्पन्न भएको जनाएका छन् ।

 

पार्टी एकता प्रक्रियालाई अन्तिम टुंगो लगाउने क्रममा समेत पहिलेका सिनियर नेताहरुलाई पाखा लगाएर जुनियरलाई भित्र्याउँदा विवादले उग्र रुप लिएको ठोकुवा गरेका छन् । तर, यसरी नेतृत्व छान्दा नेतृत्वले चित्तबुझ्दो जवाफ दिएको भए सायद विवादको विजारोपण नै हुदैन थियो की ? भट्टराईले भनेका छन् ।

 

कतिपय नेताहरु पार्टीमा चलेको गुटबन्दीको सिकारका कारण समस्यामा परेको कुरालाई भट्टराईले अस्विकार गरे । गुट भन्दा मापदण्डको कुरा मुख्य कुरा हो । मापदण्डका आधारमा काम गर्दा मात्रै पार्टीमा आन्तरिक विवाद आउने कुरै आउँदैन ।

 

पार्टी भित्र एकखाले प्रवृत्तिले प्रशय पाइरहेकाले समेत पार्टीलाई कमजोर पार्न भूमिका खेलेको उनको तर्क छ । भट्टराईले भने, विधान प्रतिवेदनजस्ता डकुमेन्टहरू राष्ट्रिय भेलामा वा केन्द्रीय किमिटीमा मात्रै छलफल गरेर पास गर्न पाएको भए पनि धेरै कुरा हल हुन्थ्यो र सबैभन्दा लोकतान्त्रिक विधिको पालना हुन्थ्यो तर यसो भएन ।

 

बरिष्ठ नेता माधव कुमार नेपालले चियापानको आयोजना गरेर पार्टी पंक्तिमा तरङ्ग पैदा भएको अवस्थामा नेता भट्टराईले भने, उहाँ जत्तिको नेताले हचुवाको भरमा चियापान गर्नु भयो । गलत कदम हो । पार्टी भित्र अराजकता फैलिन लाग्यो ।

 

लगायतका कुतर्क गरेर बस्दा पनि अज्ञानी नै भइन्छ सायद । उहाँ (माधव कुमार नेपाल)ले १५ वर्ष पार्टीको नेतृत्व सम्हाल्नु भएको छ । प्रधानमन्त्री भइसक्नुभएको मान्छेलाई यसरी आरोप लगाउनु सरासर गलत हुन जान्छ तर, पार्टी भित्र बढेको अराजकता त रोक्नु पर्यो नी ।

 

यसका साथै, उनले पार्टी नेतृत्वले आफूलाई धोका दिएको खुलासा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा आेली, अध्यक्ष प्रचण्ड, सुवास नेम्वाङ, देव गुरुङ लगायतका अन्य नेताहरुले संसदीय सुनुवाई समितिको सभापति जिम्मेवारी दिने भनेरै आफूलाई सुनुवाई समितिको सदस्यमा पठाएको तर अन्तिममा आएर ‘सरी है’ बनाउन सकिएन भनेर जवाफ दिएको समेत जनाएका छन् ।

 

नेता भट्टराईले आफूलाई संसदीय सुनुवाई समितिको सभापति नबनाएपनि कुनै गुनासो नरहेको समेत स्पष्ठ पारेका छन् ।

 

नेता नेपालको वचाउ गर्दै भट्टराईले भनेका छन्, उहाँ (नेपाल) जत्तिको नेताले समेत पार्टीका बैठकमा बसेर आफ्ना कुरा राख्न नपाउनु कस्तो परम्पराको विकास हुँदै छ भन्ने गम्भीर चिन्ता र चासोको विषय हो ।

 

कम्युनिष्ट पार्टी भनेको कार्यकर्ता आधारीत हुन्छ । तर, यहाँ भिन्नै खिचडी पाकेकोमा हाम्रो चिन्ता हो ।

प्रतिक्रिया दिनुहोस
३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...

ओलीलाई पक्राउ गर्नु नै सरकारले १०० दिनको उपलब्धि ठान्यो : एमाले

    नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी...

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

    २५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो...