शेयर बजार दोहोरो अंकले घट्यो



हाम्रो इकोनोमि

 

 

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ ।

 

आइतबार जस्तै आज पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २६२.८० बिन्दुमा पुगेको छ ।

कारोबार रकममा समेत आज गिरावट आएको स्टकले जनाएको छ । कूल १६५ कम्पनीको १७ लाख ६१ हजार ८१७ कित्ता शेयर रु ५३ करोड ९६ लाख तीन हजार ९३५ मूल्यमा खरीद बिक्री भएको हो ।

उत्पादन उपसमूहको शेयर मूल्यमा वृद्धि भएपनि अन्य शेयर मूल्य भने ओरालो लागेको छ । उत्पादन समूह २६.८ बिन्दुले बढ्दा आज व्यापार समूहको भने कुनै पनि शेयर कारोबार भएन ।

बैङ्किङ १९.८५, होटल १८.२६, विकास बैङ्क २९.७३, जलविद्युत् ८.९१, वित्त १.५९, निर्जीवन बीमा ७१.७३, अन्य ६.४, माइक्रोफाइनान्स १८.७२ र जीवन बीमा ७८.५६ बिन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...