शेयर बजार दोहोरो अंकले घट्यो



हाम्रो इकोनोमि

 

 

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ ।

 

आइतबार जस्तै आज पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २६२.८० बिन्दुमा पुगेको छ ।

कारोबार रकममा समेत आज गिरावट आएको स्टकले जनाएको छ । कूल १६५ कम्पनीको १७ लाख ६१ हजार ८१७ कित्ता शेयर रु ५३ करोड ९६ लाख तीन हजार ९३५ मूल्यमा खरीद बिक्री भएको हो ।

उत्पादन उपसमूहको शेयर मूल्यमा वृद्धि भएपनि अन्य शेयर मूल्य भने ओरालो लागेको छ । उत्पादन समूह २६.८ बिन्दुले बढ्दा आज व्यापार समूहको भने कुनै पनि शेयर कारोबार भएन ।

बैङ्किङ १९.८५, होटल १८.२६, विकास बैङ्क २९.७३, जलविद्युत् ८.९१, वित्त १.५९, निर्जीवन बीमा ७१.७३, अन्य ६.४, माइक्रोफाइनान्स १८.७२ र जीवन बीमा ७८.५६ बिन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...