ज्ञानेन्द्रलाई अख्तियारको संरक्षण : मेयर सचिवालयका प्रमुख हटाइए



हाम्रो इकोनोमि

 

दुई वर्ष अगाडिसम्म काठमाडौं महानगरपालिकाको बागडोर शान्ताराम पोख्रेलको हातमा थियो । कार्यकारीहरुले समाधान गर्न नसकेका काम पनि उनैले समाधान गर्ने गर्दथे । फोहोर व्यवस्थापनमा कार्यकारीहरुले टाउको दुखाउनु परे पनि समाधान गर्न परेपछि कारक तत्व शान्ताराम नै हुन्थे ।

 

उनी अवकाश भएको दुई वर्ष वितिसक्यो तर महानगरपालिकाको बागडोर भने अहिले उनकै चेला ज्ञानेन्द्र कार्कीले सम्हालेका छन् ।

ज्ञानेन्द्र कार्कीलाई तह लगाउन प्रमुख प्रशासकीय प्रमुख यादवप्रसाद कोइरालाले प्रयास गरेपनि सकेनन् र हार खाए भन्ने चर्चा कर्मचारीहरु गर्ने गर्दछन् ।

 

महानगरपालिकाका काम गर्न सकिंदैन भन्ने भएपछि पटक पटक सरुवा माग्दै आएक कोइरालाको सरुवा भएन बरु महानगरमा आएका दुई सहसचिवको सरुवा भयो ।

 

यसको प्रमुख कारण थियो प्रमुख विद्यासुन्दर शाक्य कार्कीकै कब्जाबाट बाहिर उम्किन नसक्नु । अहिले फेरि महानगरमा कार्कीकै बोलवाला शुरु भएको कर्मचारीहरुको गुनासो रहेको छ ।

महानगर प्रमुखको सचिवालयमा प्रमुखका रुपमा रहेका नमराज ढकाल यतिखेर ज्ञानेन्द्रको जालमा परेर गल हत्याइएका छन् ।

 

ढकाल प्रमुख विद्यासुन्दर शाक्यले रुचाएका व्यक्ति भएपनि उनलाई अहिले सहकारी शाखाको प्रमुखका रुपमा सरुवा गरिएको छ । तर, ढकालले रमाना भने बुझिनसकेको बताइन्छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको संरक्षण रहेकाले महानगरमा ज्ञानेन्द्र कार्कीले आफ्नो स्वार्थ जे जस्तो अनियमित काम गरेतापनि कारवाही नहुने गरेको महानगर स्रोत  बताउछ ।

नमराज ढकाललाई सरुवा गर्नुमा पुरै हात कार्कीको रहेको छ । उनले भने जस्तो नभएपछि सचिवालयमा रहेको एमाले (तत्कालीन) निकट कर्मचारीहरुलाई पालैपालो त्यहाँबाट हटाउने अभियानमा जुटेको देखिन्छ ।

 

ढकाललाई सरुवा गर्न भ्याएका कार्कीले त्यही सचिवालयमा नै रहेको अर्का शाखा अधिकृत सुशील सुवेदीलाई पनि शहरी योजना आयोगमा सरुवा गर्न सफल भएका छन् ।

हुन त प्रशासन विभागको विभागिय प्रमुख आफै भएकाले पनि सहसचिव एव सचिवलाई उनले प्रभावमा पार्ने र आफ्नो योजना मूताविक निर्णय गराउने सफल समेत बन्दै आएका छ्न ।

शक्तिका आडमा दौडिने कार्कीले महानगरपालिकाको मेट्रो एफ.एममा कार्यरत एकजना पत्रकारलाई हात लिएको बताइन्छ ।

 

जसले शेरबहादुरदेखि लेखराज भट्टलाई समेत भेटाउने र कार्कीलाई राजनीतिक माहौल बनाईदिने काम गर्दै आईरहेका छन् ।

 

त्यही कारण पनि कार्कीले रेडियोमा काम गर्नुपर्ने ती पत्रकारलाई नियम विपरीत काज, विदा पटक पटक दिने गर्दछन् ।

 

रेडियोमा कार्यक्रम तथा समाचार भन्नु नपर्ने ती पत्रकार बाहेक कार्कीले अरुलाई मान्छे नै गन्दैनन्  । नियम विपरीत र कार्यालयको हाजिर भन्दा बढी काज कसरी दिइयो भन्ने विषयमा सूचना विभागका प्रमुख नरेन्द्र बज्राचार्यले भने यहा“बाट केही थाहा हुँदैन माथि प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई सोध्नुस् भन्ने जवाफ दिने गरेका छन् ।

 

यसले के प्रष्ट पार्दछ भने कार्कीको डिजाइनमा चल्ने प्रमुख शाक्य कहिल्यै सफल नहुने र नेकपालाई समेत बद्नाम गर्ने पंक्तिमा उभिएका छन् । अहिले महानगरपालिकाका कार्कीलाई दोस्रो शान्तारामको रुपमा कर्मचारीहरुले चर्चा गर्न थालेका छन् ।

साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...