राष्ट्रिय जनता दल नेकपामा समाहित



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा विलय भएका छन्।

 

दुवै पार्टीलाई नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले अविर तथा खादा लगाएर पार्टी प्रवेश गराए।

 

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेघराज निसाद नेपाली संस्थापक रहेको राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघका सवै पदाधिकारी र सदस्यहरु नेकपामा प्रवेश गरेका हुन्।

 

कार्यक्रममा राष्ट्रिय जनता सर्लाहीका पूर्व अध्यक्ष नागेश्वर महतो, नेपाल पिछडावर्ग महासंघका महासचिव मनाई महतो, राष्ट्रिय जनता दलका केन्द्रीय अध्यक्ष भरत महतोले नेपाललाई समृद्ध र विकास तर्फ लैजान नेकपाको नेतृत्व र वर्तमान सरकारले मात्र सक्ने भएकाले आफुहरु नेकपामा प्रवेश गरेको बताए। उक्त पार्टीमा देशभर १३ हजार कार्यकर्ता क्रियाशील रहेको महतोले बताए।

 

पार्टी प्रवेश गराउदै नेकपा महासचिव विष्णु पौडेलले नेकपा पार्टी प्रवेश गरेर गल्ती गर्यौ भन्ने महसुस हुन नदिने बताए।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...