राष्ट्रिय जनता दल नेकपामा समाहित



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा विलय भएका छन्।

 

दुवै पार्टीलाई नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले अविर तथा खादा लगाएर पार्टी प्रवेश गराए।

 

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेघराज निसाद नेपाली संस्थापक रहेको राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघका सवै पदाधिकारी र सदस्यहरु नेकपामा प्रवेश गरेका हुन्।

 

कार्यक्रममा राष्ट्रिय जनता सर्लाहीका पूर्व अध्यक्ष नागेश्वर महतो, नेपाल पिछडावर्ग महासंघका महासचिव मनाई महतो, राष्ट्रिय जनता दलका केन्द्रीय अध्यक्ष भरत महतोले नेपाललाई समृद्ध र विकास तर्फ लैजान नेकपाको नेतृत्व र वर्तमान सरकारले मात्र सक्ने भएकाले आफुहरु नेकपामा प्रवेश गरेको बताए। उक्त पार्टीमा देशभर १३ हजार कार्यकर्ता क्रियाशील रहेको महतोले बताए।

 

पार्टी प्रवेश गराउदै नेकपा महासचिव विष्णु पौडेलले नेकपा पार्टी प्रवेश गरेर गल्ती गर्यौ भन्ने महसुस हुन नदिने बताए।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...