माधवलाई महेशको जवाफ : जतिसुकै हात चिलाएपनि सरकार फेरिनेवाला छैन



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपा नेता तथा सांसद महेश बस्नेतले ६६ महिनामा सरकार फेर्ने बानी परेकाहरूले सरकारको आलोचना गरिरहेको आरोप लगाएका छन्।

 

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । नेता बस्नेतले भने,‘सस्तो भए पनि फेरिफेरि लुगा लगाउने मान्छेलाई एक वर्ष टिक्ने लुगा ल्याइदियो भने अपच-अपच हुँदो रहेछ, अब हामीकहाँ ६/६ महिनामा सरकार फेरिरहने, अब यो सरकार फेर्नका लागि लागिरहने खेलाडीहरूलाई के लाग्यो भने फेर्ने बेला भयो, हात चिलाइरा’छ । तर जतिसुकै हात चिलाए पनि यो सरकार फेरिनेवाला छैन।’

 

पछिल्लो समय सत्तासीन पार्टीकै नेता माधवकुमार नेपालले सरकारविरुद्ध दिएको अभिव्यक्तिबारे नेपालखबरले राखेको जिज्ञासामा यस्तो उत्तर दिएका हुन्।

 

यस क्रममा उनले माधवकुमार नेपाल नै सरकार फेर्ने अभियानमा लागेको भन्ने आफूलाई नलागेको तर, सरकार फेर्न चाहनेहरूले नेकपाभित्र खेल्न सकिन्छ कि भनेर हात चलाउने गरेको आरोप लगाए।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...