थापाथली अस्पतालका लागि कुपण्डोलमा बन्यो २८ करोडको भवन, टेस्ट्युब बेबी सेवा सञ्चालनमा आउने



हाम्रो इकोनोमि

 

 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका लागि ललितपुरको कुपण्डोलमा नयाँ भवन तयार भएको छ ।

 

अस्पतालले टेस्ट्युब बेबी सेवा सञ्चालनका लागि तीन वर्षअघि कुपण्डोलमा भवन निर्माण गर्न थालेको थियो । २८ करोड बजेटमा निर्माण भएको भवनको निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ ।

 

भवन हस्तान्तरणको प्रक्रियामा रहेको अस्पतालका निर्देशक जागेश्वर गौतमले बताए । नयाँ भवनबाट टेस्ट्युब बेबी सेवा सञ्चालन गर्ने प्रसूति गृहको तयारी छ ।

 

‘हामीले टेस्ट्युब बेबी सेवा सञ्चालनका लागि कुपण्डोलमा २८ करोडको लगानीमा नयाँ भवन बनाएका छौं । भवन निर्माण भइसकेको छ, तर ह्यान्डओभर हुन बाँकी छ,’ डा. गौतमले लोकान्तरसँग भने ।

 

सो भवनमा टेस्ट्युब बेबी सेवाका अलावा नर्सिङको पढाइ पनि हुने डा. गौतमले जानकारी दिए । यसअघि अस्पतालले थापाथलीमा रहेको अस्पतालबाट सो सेवा दिँदै आएको छ ।

 

प्रसूति गृहले भूकम्पबाट क्षती भएको अस्पतालको ठाउँमा नयाँ भवन बनाइरहेको छ । जाप्निज सहयोग नियोग (जाईका)को सहयोगमा १ अर्ब २३ करोडको लागतमा निर्माण भइरहेको उक्त भवनमा १ सय ६६ शय्या हुनेछ ।

 

सात महिनाअघि निर्माण शुरू भएको उक्त भवन फ्रेबुअरी महिनामा निर्माण सकिने डा. गौतमले बताए ।

 

ती भवनबाट सेवा सञ्चालनमा आएपछि अस्पतालको सेवामा गुणस्तर बढ्ने उनको अपेक्षा छ ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...