दशैंमा घर–डेरा छाडेर जाँदै हुनुहुन्छ ? प्रहरीलाई खबर गरेर मात्र जानुस्



हाम्रो इकोनोमि

 

 

महानगरीय प्रहरी परिसर ललितपुरले दशैं–तिहार मनाउन घर–डेरा छाडेर जिल्ला बाहिर जानेहरुलाई त्यसबारे आफ्नो प्रहरी युनिटहरुलाई सूचना दिन आह्वान गरेको छ ।

 

सोमबार दशैं–तिहार तथा छठ पर्वको सुरक्षा योजना सार्वजनिक गर्दै ललितपुर प्रहरीले त्यस्तो आह्वान गरेको हो ।

 

‘चाडपर्वमा हुने चोरी, लुटपाट तथा वित्तिय क्षेत्रमा हुने अपराधलाई हामीले मुख्य चुनौतिको रुपमा लिएका छौं’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी शेखर खनालले भने, ‘त्यसैले ललितपुरबाट घर–डेरा छाडेर जानेहरुलाई हाम्रा युनिटहरुमा त्यसबारे सूचना दिन आग्रह गरेका छौं, त्यसबाट हामीलाई चोरी नियन्त्रण गर्न सहज हुन्छ ।’

 

विभिन्न १० वटा सेक्टर छुट्याएर दशैं–तिहारको सुरक्षा योजना सार्वजनिक गरेको ललितपुर प्रहरीले जुवातास नियन्त्रणका लागी छुट्टै सादा पोशाकको प्रहरी टिम स्ट्याण्डबाई राख्ने भएको छ । सादा पोशाकका प्रहरीलाई सुचना संकलनका लागी खटाईने जानकारी दिँदै एसपी खनालले भने, ‘जुवा नियन्त्रणमा हामी निर्मम तरिकाले प्रस्तुत हुन्छौं, त्यसका लागी ठुलो टिम परिचालन गरेका छौं ।’

 

लतिलपुरका विभिन्न ३१ स्थानमा पैदल गस्ती गर्ने योजना बनाएको ललितपुर परिसरले चोरी, लुटपाट हुने स्थानको पहिचान गर्दै त्यस्ता स्थानलाई विशेष निगरानीमा राखेको जनाएको छ ।

 

‘बैंक तथा वित्तीय संस्थाहरुमा लुटपाटका घटना हुनसक्छ त्यस्ता स्थानहरुलाई हामी २४ सै घण्टा निगरानीमा गर्छौं’ एसपी खनालले भने, ‘सुनचाँदी पसलमा हुनसक्ने सम्भाव्य लुटपाटका अपराध नियन्त्रण गर्न हामीले छुट्टै टोली परिचालन गरेका छौं ।’

 

जिल्लाका विभिन्न २९ स्थानमा पिकेट, १३ ओटा मोवाइल टोली, १६ स्थानमा सिआरभी भ्यान र ३३ ओटा हतियारसहितको क्युआरटी मोटरसाइकल परिचालन गरिएको छ । मठ–मन्दिरहरुमा जाँदा चेन स्न्याचिङ हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै त्यस्ता स्थानहरुमा निगरानी बढाइने बताइएको छ ।

 

‘चाडपर्व सुरक्षालाई विशेष ध्यान दिँदै हामीले कुल १ हजार ९७ प्रहरी कर्मचारी परिचालन गरेका छौं’ प्रवक्ता एसपी खनालले भने, ‘सुरक्षा योजनाअनुसार विभाजन गरिएको सेक्टरमा हाम्रा प्रहरी कर्मचारी २४ सै घण्टा तैनाथ रहन्छन् ।’

 

सादा पोशाकमा २१ ओटा टिम परिचालिन गर्नेगरी योजना बनाएको ललितपुर प्रहरीले मापसे गरी हो–होल्ला गर्ने र झै–झगडा गुण्डागर्दी गर्ने तथा अतिबासी पटाकाहरु पड्काउनेलाई तत्काल नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउने जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...