यसकारण बढ्दो छ नर्सिङ शिक्षाप्रति युवतीहरुको आकर्षण



हाम्रो इकोनोमि

 

नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ ।

 

नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ । नर्स पढेका अधिकांश बेरोजगार भएर बस्न बाध्य भएका उदाहरण पनि छन् । रोजगारीका लागि धेरै अस्पताल र स्वास्थ्य संस्था चहार्नुपर्ने अवस्था धेरै नर्स पढेकाको अनुभव बन्न पुगेको छ ।

‘नर्सिङ अध्ययन पूरा गरेको एक वर्ष पूरा भए पनि अध्ययन अनुसारको रोजगार पाउन सकेको छैन’, नेपालगञ्ज– १५ का सुष्मा थापा बताउँछिन् ।

अहिले नयाँ प्रविधिसहितका थुप्रै नर्सिङ कलेज नेपालगञ्जमा खुलेका छन् । तथ्याङ्कअनुसार नेपालगञ्जमा सात नर्सिङ कलेज सञ्चालनमा छन् । सामान्यतया प्रत्येक वर्ष एउटा कलेजबाट ४० जनाभन्दा बढी नर्सको कोटा हुन्छ ।

‘नेपाली समाजमा पहिला नर्सलाई हेपाहा दृष्टिकोणले हेरिन्थ्यो, अहिले त्यसो छैन’, नेपाल नर्सिङ संघ, बाँकेका अध्यक्ष लक्ष्मी केसी भन्छिन् । यो पेशालाई अहिले निकै सम्मानपूर्वक हेर्ने गरिएको छ ।

‘नर्सिङ विषय अब युवतीको प्राथमिकतामा पर्ने गरेको छ’, केसीले भनिन् । ‘नर्सिङ विषय अधिकांश युवतीको प्राथमिकतामा परेको छ । नर्सिङ पढेर समाज सेवा गर्ने चाहना छ’, विद्यार्थी सृष्टि शाहले भनिन् ।

नेपालगञ्जका सात कलेजबाट वार्षिक करीब २५० नर्स उत्पादन हुन्छन् । उनीहरुको मुख्य चुनौती रोजगार हो । नेपालमा मात्र होइन विदेशमा समेत नर्सिङको माग अत्याधिक छ ।‘विदेशको मोहका कारण यो विषयप्रति युवतीको चाहना बढेको हो’, अध्यक्ष केसीले भनिन् ।

नर्सिङ अध्ययनमा प्रयोगात्मक अभ्यास धेरै हुन्छ । ‘दक्ष नर्स बन्न अस्पतालमा प्रयोगात्मक कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । नेपालगञ्जमा अस्पतालको संख्या कम भएकोले चुनौती छ’, नेपालगञ्ज नर्सिङ क्याम्पसका प्रमुख कल्पना पौड्यालले भनिन् ।

नर्सप्रतिको सामाजिक दृष्टिकोण फेरिएको मात्रै होइन अहिले त समाजले सम्मानजनक व्यवहार पनि गर्न थालेकाले पनि यो पेशाप्रति युवतीको मोह बढेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...