किन गरियो २० वर्षीया मोडल ताराको गोली हानी हत्या, हत्याराको खोजी तीब्र



हाम्रो इकोनोमि

 

 

इराककी सोसलमिडिया सेलिब्रिटी, मोडल, डिजाइनर तारा फारिसको हत्याराको खोजी तीब्र पारिएको छ ।

राजधानी बगदादमा कारमा बसिरहेकी उनीमाथि गोली प्रहार भएको थियो । उनीमाथि छ गोली प्रहार गरिएको थियो ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा २७ लाख फ्लोअर रहेकी २० वर्षीया फारिस स्टाइलिस हेयर कलर र फेशन डिजाइनमा चर्चित थिइन् । इराकी बाबु र लेवनानी आमाबाट जन्मिएकी ताराले सन् २०१५ मा सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

पछिल्लो समय युरोप बस्दै आएकी तारा एक हप्ताका लागि इराक पुगेकी थिइन् । उनको चर्चा र जीवनशैलीका कारण अतिवादीहरुको निशानामा परेको हुनसक्ने एजेन्सीहरुको भनाइ छ ।

इराकी व्यंग्यकार अहमज ए बशीरले घटनामा दुःख व्यक्त गर्दै भनेका छन्, ‘कसैले उनको हत्या यति मात्र कारणले ग¥यो कि उनले अरु केटीहरु जस्तै जिउने निर्णय गरिन् ।’ इराकको पुलिसले हत्यारा खोजी गरिरहे पनि अहिलेसम्म पत्ता लाग्न सकेकोे छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...