किन गरियो २० वर्षीया मोडल ताराको गोली हानी हत्या, हत्याराको खोजी तीब्र



हाम्रो इकोनोमि

 

 

इराककी सोसलमिडिया सेलिब्रिटी, मोडल, डिजाइनर तारा फारिसको हत्याराको खोजी तीब्र पारिएको छ ।

राजधानी बगदादमा कारमा बसिरहेकी उनीमाथि गोली प्रहार भएको थियो । उनीमाथि छ गोली प्रहार गरिएको थियो ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा २७ लाख फ्लोअर रहेकी २० वर्षीया फारिस स्टाइलिस हेयर कलर र फेशन डिजाइनमा चर्चित थिइन् । इराकी बाबु र लेवनानी आमाबाट जन्मिएकी ताराले सन् २०१५ मा सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

पछिल्लो समय युरोप बस्दै आएकी तारा एक हप्ताका लागि इराक पुगेकी थिइन् । उनको चर्चा र जीवनशैलीका कारण अतिवादीहरुको निशानामा परेको हुनसक्ने एजेन्सीहरुको भनाइ छ ।

इराकी व्यंग्यकार अहमज ए बशीरले घटनामा दुःख व्यक्त गर्दै भनेका छन्, ‘कसैले उनको हत्या यति मात्र कारणले ग¥यो कि उनले अरु केटीहरु जस्तै जिउने निर्णय गरिन् ।’ इराकको पुलिसले हत्यारा खोजी गरिरहे पनि अहिलेसम्म पत्ता लाग्न सकेकोे छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...