हाँस्यकलाकार मनोज गजुरेल झापा कारागारमा



हाम्रो इकोनोमि

 

 

गर्मीको मौसम, त्यसमाथि तातो घाम। क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाइ कष्टकर नहुने कुरै भएन ।

 

तर, आइतबार झापा कारागारका १ हजार २३ कैदीबन्दीले राष्ट्रिय कलाकार मनोज गजुरेलको प्रेरक प्रस्तुतिका कारण मनोरञ्जन मात्र होइन, शीतलता पनि महसुस गरे ।

कैदीबन्दीको मानवअधिकार प्रवद्र्धन गर्ने उद्देश्यले सिस्नोपानी नेपालको प्रस्तुतिमा चन्द्रगढीस्थित झापा कारागारमा हास्यव्यंग्य शिविर सञ्चालन भएको हो। कार्यक्रममा प्रख्यात कलाकारसँगै आफ्ना पनि गीत, कविता र नृत्य प्रस्तुत गर्न पाउँदा कैदीबन्दी निकै खुशी भएका थिए ।

हाँस्य कलाकार मनोज गजुरेलले काराबासको बसाइलाई निराशामा होइन, पहिलेका कमजोरी सच्याएर भविष्यमा नयाँ जीवन जिउने आशामा परिणत गर्न कैदीबन्दीलाई आग्रह गरे । ठूला पदमा पुगेका व्यक्तिसमेत जीवनको कुनै कालखण्डमा कारागारमा बसेको चर्चा गर्दै गजुरेलले काराबासलाई विश्वविद्यालयसँग तुलना गरे ।

‘कारागार पनि एउटा विश्वविद्यालय हो’, कलाकार गजुरेलले भने, ‘यहाँबाट बाँकी जीवन जिउने कला सिक्न सकिन्छ ।’ कार्यक्रममा कैदीका तर्फबाट रमेश पोखरेलले कविता प्रस्तुत गरिरहँदा अतिथि कलाकार गजुरेलसँगै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ताली बजाएर प्रशंसा गरेका थिए ।

कैदीबन्दीका लागि मानवअधिकार प्रवद्र्धन गर्ने र उनीहररूमा आत्मविश्वास जगाउने लक्ष्य लिएर प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न जिल्लास्थित कारागारमा यस्तो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

विराटनगर कारागारपछि सिस्नोपानी नेपालले झापा कारागारमा यो कार्यक्रम गरेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद वसन्त बानियाँ पनि अतिथि थिए ।

झापा कारागारमा हाल क्षमताभनदा तेब्बर १ हजार ३२ जना कैदीबन्दी छन् । कारागारको क्षमता ३५० को मात्र रहेको कारागारका निमित्त प्रमुख पदमलाल ओझाले बताए। उनका अनुसार जीर्ण भवनमा रहेको कारागारमा ९४२ पुरुष र ९० महिला छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...