आक्रमण हुन सक्ने भन्दै गौचन हत्याका योजनाकार बस्नेतलाई नक्खु कारागारबाट सारियो



हाम्रो इकोनोमि

 

 

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेतको जेल सरुवा गरिएको छ ।

काठमाडौंस्थित नक्खु कारागारमा रहेका उनलाई सुरक्षाको कारण देखाउँदै गृह प्रशासनले कारागार सरुवा गरेको हो । गौचन हत्याको आरोपमा पुर्पक्षका लागि नख्खु कारागारको थुनामा रहेका बस्नेतलाई सोमबार मुस्ताङ कारागार सरुवा गरिएको हो ।

नख्खु कारागारका प्रमुख जेलर जीवन दुलालले विभागको पत्र आदेश अनुसार बस्नेतलाई मुस्ताङ कारागार सरुवा गरिएको जानकारी दिएका छन् । ‘विभागले पत्र पठाएपछि सरुवा गरिएको हो, बाँकी धेरै जानकारी उतै होला,’ उनले भने ।

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष गौचनको २०७४ असोज २३ गते बिहान नयाँ बानेश्वरको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानमा बस्नेतको संलग्नतासहित कार्बाही अघि बढाएको हो । घटनाका मुख्य आरोपी मनोज पुन मगर प्रहरी मुठभेडमा मारिसकेका छन् । अन्य आधा दर्जन थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...