विश्वका सफल व्यक्तिहरुले यसरी गर्छन् दिनको सुरुवात



हाम्रो इकोनोमि

 

एजेन्सी । मानिसहरुले आ–आफ्नै तरिकाले दिनको सुरुवात गर्छन् । सामान्यतः कसैको ढिलासम्म सुत्ने बानी हुन्छ भने कोही चाँडै उठेर व्यायाम आदि गरेर आफ्नो स्वास्थ्यमा जोड दिन्छन् ।

 

तर के विश्वका सर्वाधिक सफल व्यक्तिहरुले पनि यसरी नै सामान्य रुपमा बिहानको समय बिताउँछन् ? संचार एजेन्सी टाइमले तिनै सफल व्यक्तिहरुको दैनिकीबारे खुलासा गर्दा उनीहरुले आफ्नो दिनलाई प्रभावकारी बनाउन सो समयलाई भिन्दाभिन्दै तरिकाले उपयोग गर्ने गरेको पाइएको छ ।

 

यसमा सबैभन्दा पहिले अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा सधैँ ६ः४५ मा उठेर जिम गइ केहीबेर दौडिएपछि आफ्नी पत्नी मिशेल र दुई छोरी शाशा र मालियासँग बिहानको खाजा खाने गर्दछन् । त्यसपछि आफ्ना छोरीहरुलाई स्कुल पठाइसकेर मात्र उनी अन्य काममा लाग्ने समाचारमा जनाइएको छ ।

 

उनले बिहानको समय धेरैजसो यसैगरी बिताउने गरेको पाइएको छ । त्यस्तै बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन पनि ६ बजेदेखि दिनको सुरुवात गर्ने गर्दछन् । बिहानीपख उनी सबैतिरका समाचार र खबरहरु पढ्न मन पराउँछन् ।

 

तर उनले घरमा टिभीलाई भने प्रतिबन्ध गराएका छन् । बच्चाहरुले विद्यालय जानुअघि केही उपलब्धिमूलक काम गरुन् भन्ने उद्देश्यले उनले यस्तो तरिका अपनाएको उनी आफैँले बताएका थिए ।

 

तर अर्का पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिल भने ७ः३० मा उठेपनि ११ बजेसम्म ओछ्यानमै रहेर पत्रिका पढ्ने, खाजा खाने र आफ्ना सचिवालयका कर्मचारीलाई विभिन्न निर्देशन दिने गर्दथे ।

 

त्यसैगरी विश्वप्रख्यात कम्पनी स्टारबक्सका मालिक हवर्ड स्कल्जले भने आफ्नो दिनको सुरुवात विशेष कफी पिएर गर्ने गरेका छन् । एक अन्तर्वार्तामा बोल्दै उनले आफू दैनिक बिहान ४ः३० मै उठिसक्ने बताएका हुन् ।

 

त्यसपछि आफ्ना तीनवटा कुकुरहरुलाई डुलाएर आउने अनि पत्नी र आफ्ना लागि विशेष कफी तयार पार्ने गर्दछन् । यसपछि मात्र उनी आफ्नो काममा लाग्ने गरेको बताएका छन् ।

 

एप्पलका पूर्वअध्यक्ष स्टिभ जब्सले भने आफ्नो दिन भिन्दै तरिकाले सुरु गर्ने गरेको पाइएको छ । सधैँ कालो र घाँटीसम्मको लुगा लगाउने गरेका जब्सले उठेपछि ऐनामा हेरेर आफूलाई यस्तो प्रश्न सोध्ने गरेका छन्, “यदि आज तिम्रो जीवनको अन्तिम दिन हुने थियो भने के आज दिनभर तिमीले गर्न लागेका कामहरुप्रति खुसी हुने थियौ ?,” यसरी प्रश्न गरेपछि उनले धेरैपटक जवाफमा ‘हुन्न’ भन्नुपरेमा उनलाई आफूमा वा आफ्नो काम गर्ने तरिकामा बदलाव ल्याउनुपर्ने महसुस हुने उनले बताएका छन् ।

 

त्यसैगरी माइक्रोसफ्टका संस्थापक तथा विश्वका सर्वाधिक धनीमा पर्ने बिल गेट्सले भने बिहानीपख मानसिक र शारीरिक व्यायाममा जोड दिने गरेका छन् । एक घण्टा ट्रेडमिलमा दौडिएपछि उनी विभिन्न प्रेरणात्मक भिडियो हेर्ने गर्दछन् र आफू पूर्ण रुपमा स्वस्थ रहेको सुनिश्चित गर्ने गर्दछन् ।

 

त्यस्तै फेसबुकका कार्यकारी अधिकृत ३१ वर्षीय जुकरवर्ग भने आफ्नो सधैँ एउटै खैरो रङको टिसर्ट लगाउने गरेकामा चर्चित रहँदै आएका छन् । उनले यसबारेमा २०१४ को अन्तर्वार्तामा भनेका थिए कि उनलाई हरेक दिन एउटै कपडा लगाउनाले थोरै भन्दा थोरै निर्णय लिनमा मद्दत गर्ने गरेको छ । उनका कर्मचारीहरुले बताएअनुसार जुकरबर्ग एकदमै थोरै सुत्ने गर्दछन् र कहिलेकाहीँ बिहानको ६ बजेसम्मै फेसबुकका कर्मचारीहरुसँग छलफल गरेर बस्ने गरेका छन् ।

 

त्यसैगरी अर्का सर्वाधिक धनी व्यक्ति एमेजोन कम्पनीका मालिक जेफ बेजोस भने बिहानीको समयलाई अन्य सफल व्यक्तिहरुको तुलनामा निकै आरामदायी र सामान्य ढङ्गमा व्यतित गर्ने गरेका छन् ।

 

उनले सधैँ राम्रो निद्रा पुर्याउनप्रति बढी ध्यान दिने गरेको बताइएको छ । दैनिक ८ घण्टा सुतेपछि मात्र दिनभर उत्साहपूर्वक काम गर्न सक्ने उनको भनाइ छ । उनले धेरैपटक यस विषयमा बताइसकेका छन् ।

 

सुत्नकै लागि उनले बिहानको समयका कुनै मिटिङमा सहभागी हुँदैनन् र आफ्नो खाली समय आनन्दपूर्वक पत्नी र छोराछोरीसँग बिताउने गरेका छन् । उनी प्राकृतिक रुपमा ब्युझिँन मन पराउँछन् । त्यसैगरी बिहानीको खाजामा पनि उनी स्वास्थ्यबारे धेरै ध्यान दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...