नेपाल प्रहरीमा इन्सपेक्टरदेखि खेलाडीसम्म भर्ना खुल्यो, कुन पदमा कति ?



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि खेलाडीसम्म भर्ना खुलेको छ ।

 

प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको भर्नासम्बन्धी सूचना अनुसार समावेशी प्रावधान अनुसार पदपूर्ति गर्नेगरी १०८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) माग गरिएको छ । समावेशी समूह र अमर प्रहरी बाहेक ५८ जना प्रहरी निरीक्षक खुल्ला तर्फबाट पदपूर्ति गरिने बताइएको छ ।

 

जुनियर अफिसरतर्फ ५२४ जना प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलेको छ ।

 

जनपदतर्फको असई पदमा २८३ जना खुल्ला तर्फबाट र बाँकी समावेशी समूहबाट पदपूर्ति गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

सातवटा प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट असोज १८ गतेदेखि कार्तिक २९ गतेसम्म दरखास्त फारम भर्न प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखाले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले ६ हजार २४४ जना जवान पदमा भर्ना आह्वान गरेको छ । प्रहरी कार्यालय सहयोगी (भान्से) ३२० जना, हजाम १५ जना, सिलाईबुनाई तर्फ १२ जना, कुचिकार १४ जना, मोची ९ जना र खेलाडी ३० जनाको दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...