नेपाल प्रहरीमा इन्सपेक्टरदेखि खेलाडीसम्म भर्ना खुल्यो, कुन पदमा कति ?



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि खेलाडीसम्म भर्ना खुलेको छ ।

 

प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको भर्नासम्बन्धी सूचना अनुसार समावेशी प्रावधान अनुसार पदपूर्ति गर्नेगरी १०८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) माग गरिएको छ । समावेशी समूह र अमर प्रहरी बाहेक ५८ जना प्रहरी निरीक्षक खुल्ला तर्फबाट पदपूर्ति गरिने बताइएको छ ।

 

जुनियर अफिसरतर्फ ५२४ जना प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलेको छ ।

 

जनपदतर्फको असई पदमा २८३ जना खुल्ला तर्फबाट र बाँकी समावेशी समूहबाट पदपूर्ति गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

सातवटा प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट असोज १८ गतेदेखि कार्तिक २९ गतेसम्म दरखास्त फारम भर्न प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखाले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले ६ हजार २४४ जना जवान पदमा भर्ना आह्वान गरेको छ । प्रहरी कार्यालय सहयोगी (भान्से) ३२० जना, हजाम १५ जना, सिलाईबुनाई तर्फ १२ जना, कुचिकार १४ जना, मोची ९ जना र खेलाडी ३० जनाको दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...