म यस्तो गीत गाउँछु युटुबमा तर, नेपालबाट हेर्न नमिल्ने



हाम्रो इकोनोमि

 

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले अभिनय गरेको सिनेमा म यस्तो गीत गाउँछु युटुबमा आएको छ ।

यो सिनेमालाई बुढा सुब्बा डिजिटलले आफ्नो युटुब च्यानलबाट रिलिज गरेको हो ।

सिनेमा युटुबबाट रिलिज भएपनि यसलाई नेपालका दर्शकले भने हेर्न पाउने छैनन् ।

युटुबमा विदेशमा रहेका दर्शकले मात्र हेर्न पाउने व्यवस्था गरिएको छ । नेपालबाट पैसा नआउने भएपछि नेपालबाट हेर्न नमिल्ने बताइएको हो ।

यो सिनेमालाई नेपालमा एनटीसीको फोर जीबाट मोबाइलमा हेर्न पाइनेछ ।

नेपाली सिनेमाले हलमा राम्रो कमाई नगरेपनि युटुबमा दर्शक राम्रो पाइरहेका छन् ।

तर, युटुबमा नेपालबाट राम्रो पैसा नआउने भएपछि बुढासुब्बाले नेपालबाट भने सिनेमा हेर्न नमिल्ने बनाएको हो ।

दशैमा भने नेपालमा पनि सिनेमा हेर्न मिल्ने बनाइने वुझिएको छ । गतबर्ष यो सिनेमा सुपरहिट भएको थियो । सुदर्शन थापाले यो सिनेमालाई निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...

२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...