म यस्तो गीत गाउँछु युटुबमा तर, नेपालबाट हेर्न नमिल्ने



हाम्रो इकोनोमि

 

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले अभिनय गरेको सिनेमा म यस्तो गीत गाउँछु युटुबमा आएको छ ।

यो सिनेमालाई बुढा सुब्बा डिजिटलले आफ्नो युटुब च्यानलबाट रिलिज गरेको हो ।

सिनेमा युटुबबाट रिलिज भएपनि यसलाई नेपालका दर्शकले भने हेर्न पाउने छैनन् ।

युटुबमा विदेशमा रहेका दर्शकले मात्र हेर्न पाउने व्यवस्था गरिएको छ । नेपालबाट पैसा नआउने भएपछि नेपालबाट हेर्न नमिल्ने बताइएको हो ।

यो सिनेमालाई नेपालमा एनटीसीको फोर जीबाट मोबाइलमा हेर्न पाइनेछ ।

नेपाली सिनेमाले हलमा राम्रो कमाई नगरेपनि युटुबमा दर्शक राम्रो पाइरहेका छन् ।

तर, युटुबमा नेपालबाट राम्रो पैसा नआउने भएपछि बुढासुब्बाले नेपालबाट भने सिनेमा हेर्न नमिल्ने बनाएको हो ।

दशैमा भने नेपालमा पनि सिनेमा हेर्न मिल्ने बनाइने वुझिएको छ । गतबर्ष यो सिनेमा सुपरहिट भएको थियो । सुदर्शन थापाले यो सिनेमालाई निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...