काठमाडौं प्रहरी प्रमुख भन्छन्–दसैँमा तास खेल्नु तर जुवा हुन्न



हाम्रो इकोनोमि

 

 

 

काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले दशैं, तिहार र छठमा राजधानीको सुरक्षा ब्यवस्था कडा हुने दावी गरेका छन्।

 

लामाले आइतबार विशेष सुरक्षा योजना सार्वजनिक गर्दै सम्पूर्ण सुरक्षा चुनौतीलाई मध्यनजर गरिएको बताए। प्रहरीका अनुसार यस योजनाअनुसार तीन हजार पाँच सय ३५ प्रहरी राजधानीका सुरक्षा व्यवस्थामा खटिने छन्।

 

योजनाअनुसार पैदलगस्तीदेखि काठमाडौं प्रवेश गर्ने सबै नाकामा विशेषज्ञ कुकुरसहित जाँच गरिने छ। ६० वटा पैदल गस्ती,३६ वटा साइकल गस्ती,३० वटा मोटरसाइकल गस्ती र २४ वटा मोटर गस्ती परिचालन हुने एसएसपी लामाले बताए।

 

‘दशैंमा काठमाडौंका धेरै घर खाली हुने हुँदा ती घरको समेत सुरक्षा हुनेगरि सुरक्षा योजना बनाएका छौं। शहरी क्षेत्रमा घटना भएको पाँच मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्नुपर्ने ब्यवस्था छ। यो समयभन्दा निकै अगाडि कभर गर्ने हाम्रो योजना छ’, लामा भन्छन्। उनले रमाइलोका लागि तास खेल्न पाइएपनि संगठितरुपमा वा जुवा जसरी खेलेको पाइए कारबाही हुने बताएका छन्।

 

‘जुवाका घटनामा प्रहरीबाट अलि बढी सक्रियता भएको टिप्पणी सुन्ने गरेको छु। रमाइलोका लागि तास खेल्नु सामान्य हुन सक्छ। तर तपाईहरु(पत्रकार)ले नै तास खेलिरहेको भनेर सूचना दिनु हुन्छ। यस्तोमा कारबाही नगरे हाम्रै आलोचना हुन्छ’, एसएसपी लामा भन्छन्, ‘जुवामा भने हामी कडारुपमा प्रस्तुत हुन्छौं।’

 

प्रहरीले उपहार मागे कारबाही 

दशैं,तिहार लगायत पर्वमा प्रहरीले पैसा माग्ने विगतको प्रचलनलाई इंगित गर्दै एसएसपी लामाले अब त्यसो गरिएको भेटिए कारबाही हुने बताएका छन्। उनले भने ‘प्रहरीले उपहार लिनु दिनु कानुन विपरित हो। हामीलाई सूचना दिनुस,कारबाही गर्छौ।’

 

यस्तो छ प्रहरीको सुरक्षा विश्लेषण 

सुरक्षाका क्षेत्रहरु–

१. स्थानीय बासिन्दा

– ब्यक्ति तथा सम्पतीको सुरक्षा
– आर्थिक कारोबार(किनमेल)को सुरक्षा
–धार्मिक कर्महरुको सुरक्षा

२. आर्थिक कारोबार हुने स्थानहरुको सुरक्षा

–बैंक तथा वित्तिय संस्थाहरुमा चोरी लुटपाट हुने सक्ने
–सामान किनबेच हुने स्थानहरुमा अत्यधिक भिडभाड भै किनबेच कार्यमा असुबिधा
–पसलहरुमा चोरी,लुटपाट हुन सक्ने

३. काठमाडौं छाडी अन्य स्थानमा जाने यात्रुहरु

–सहज तथा उचित मुल्यमा टिकट ब्यवस्थापन
– पर्याप्त सवारी साधानको उपलब्धता तथा सहज ट्राफिक सन्चालन

४. अन्यत्र जाने व्यक्तीहरुको खाली रहेको घर

–घरको तोडफोड हुन सक्ने
–घरभित्र रहेका सम्पती चोरी हुन सक्ने

५. सरकारी कार्यालय

–सरकारी सम्पती हानी नोक्सानी हुन सक्ने

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...