निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानविन समिति सदस्य केसीमाथि आक्रमण



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणको छानविन गर्न गृहमन्त्रालयले बनाएको उच्चस्तरीय छानविन टोलीका सदस्य वीरेन्द्र केसीमाथि आक्रमण भएको छ ।

 

केसी काडमाडौंबाट फर्किएपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडीमा गेटा एरपोर्टबाट कार्यालय गइरहेका बेला ढुंगा प्रहार भएको हो ।

 

केसी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रालयका उपसचिव हुन् । हाम्राकुरासँग उनले भने, ‘अगाडिबाट हान्न खोजिएको थियो त्यो हामीले छल्यौँ तर, पछाडिबाट प्रहार भयो । टाउकोमा ढुंगा लागेन पछाडिको सबै सीसा फुट्यो । सीसाका टुक्राहरु मेरो ठाउको भरी भए । तर, टोपी लगाएको हुनाले अस्पताल भर्ना हुनेगरी चोट लागेन ।’

 

उनी चढेकाे बा १ ज ९७०३ नम्बरकाे गाडीको पछाडिको सीसा सबै फुटेको छ । उनले ढुंगाहान्नेलाई आफूले नचिनेको पनि बताए । केसी गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिको सदस्य थिए ।

 

प्रदेशबाट उनी मात्रै एक्लो सदस्य थिए । उनले १५ दिन कञ्चनपुरमा वितारए काठमाडौं पुगेपछि समितिबाट राजीनामा दिएको घोषणा गरे । तर, गृहमन्त्री रामबहादुर थापासँग भेटेपछि भोलिपल्टै समितिमा फर्किए । समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ । गृहमन्त्रालयले त्यो प्रतिवेदन सार्वजनिक भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...