निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानविन समिति सदस्य केसीमाथि आक्रमण



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणको छानविन गर्न गृहमन्त्रालयले बनाएको उच्चस्तरीय छानविन टोलीका सदस्य वीरेन्द्र केसीमाथि आक्रमण भएको छ ।

 

केसी काडमाडौंबाट फर्किएपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडीमा गेटा एरपोर्टबाट कार्यालय गइरहेका बेला ढुंगा प्रहार भएको हो ।

 

केसी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रालयका उपसचिव हुन् । हाम्राकुरासँग उनले भने, ‘अगाडिबाट हान्न खोजिएको थियो त्यो हामीले छल्यौँ तर, पछाडिबाट प्रहार भयो । टाउकोमा ढुंगा लागेन पछाडिको सबै सीसा फुट्यो । सीसाका टुक्राहरु मेरो ठाउको भरी भए । तर, टोपी लगाएको हुनाले अस्पताल भर्ना हुनेगरी चोट लागेन ।’

 

उनी चढेकाे बा १ ज ९७०३ नम्बरकाे गाडीको पछाडिको सीसा सबै फुटेको छ । उनले ढुंगाहान्नेलाई आफूले नचिनेको पनि बताए । केसी गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिको सदस्य थिए ।

 

प्रदेशबाट उनी मात्रै एक्लो सदस्य थिए । उनले १५ दिन कञ्चनपुरमा वितारए काठमाडौं पुगेपछि समितिबाट राजीनामा दिएको घोषणा गरे । तर, गृहमन्त्री रामबहादुर थापासँग भेटेपछि भोलिपल्टै समितिमा फर्किए । समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ । गृहमन्त्रालयले त्यो प्रतिवेदन सार्वजनिक भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...