दशैंमा राजधानीको सुरक्षाः ३५ सय प्रहरी परिचालन, नाकामा कुकुरसहितको चेकजाँच टोली



हाम्रो इकोनोमि

 

काठमाडौं प्रहरी परिसरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता उच्च बनाएको छ ।

 

आइतबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार, छठ लगायतका चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिइएको हो ।

 

परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार काठमाडौंमा हाल ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी खटाइएको छ ।

 

‘हामीले एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएका छौं’, लामाले भने, ‘पैदल गस्ती टोलीमा ५० जना जनशक्ति परिचलान गरिएको छ ।’

 

पन्तका अनुसार साइकल, मोटरसाइकल र भ्यान गस्ती टोली पनि परिचान गरिएको छ । ‘साइकल गस्तीमा ३६, मोटरसाइकलमा ३० र भ्यान गस्तीमा २४ जना जनशक्ति परिचालन गरिएका छन्’, उनले भने, ‘सूचना संकलनका लागि सादा पोशाकमा ७० जनाको टोली खटाएका छौं ।’

 

‘त्यस्तै, सिल एन्ड सर्च, कडन एन्ड सर्च र एम्बिसिङ, निगरानी अपरेशनमा ३०/३० जनाको टोली खटिएको छ’, उनले थपे, ‘हतियारसहितको क्यूआरटी टोलीमा ५३ जना छन् ।’

 

उनका अनुसार उपत्यका भित्रिने र बाहिसिरने नाकाहरु थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा प्रहरीको तालिम प्राप्त कुकुरसहितको टोलीले चेकजाँच गर्नेछ ।

 

प्रहरीले चाडपर्वको समयमा कुनै घटना भइहालेको खण्डमा तत्काल परिचालन गर्नका लागि २५ वटा टोली पनि तयारी अवस्थामा राखेको छ ।

त्यस्तै, टिकट काउन्टरहरुमा पनि वेग्लावेग्लै टोली परिचालित भएका छन् ।

 

यी क्षेत्रमा हुन्छन् सुरक्षा जोखिम

प्रहरीले चाडपर्वको समयमा सुरक्षा जोखिममा हुने स्थानहरु पनि छुट्टयाएको छ । जसलाई मध्यनजर गरेर सुरक्षा योजना तयार पारिएको हो ।

 

सामान्य अवस्थामा हत्या, अपरहण, ठगी, चोरी महिला हिंसा जस्ता अपराधिक क्रियाकलाप बढी देखिने गरिए पनि चाडपर्वको समयमा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा विक्री, आगजनी, विष्फोटन, तस्करी, चोरी, निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उलंघन जस्ता क्रियाकलाप हुन सक्ने विश्लेष प्रहरीले गरेको छ ।

 

‘चाडपर्वमा स्थान वासिन्दाको व्यक्ति र सम्पत्ति सुरक्षा, आर्थिक कुराको सुरक्षा, धार्मिक कर्मको सुरक्षा लगायतमा हामी विशेष जोड दिन्छौं’, लामाले भने, ‘बैंक वित्तिय संस्थाहरुमा चोरी, लुटपाट हुन सक्छ । सामान किनबेच हुने स्थानहरुमा अत्यधिक भिडभाड भइ असुविधा हुनसक्छ त्यसतर्फ हामी सचेत छौं ।’

 

लामाका अनुसार चाडपर्वको समयमा सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, बिशिष्ट ब्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरु, मठ मन्दिर र गुम्बा रहेको स्थान सुरक्षा जोखिममा हुन्छन् ।

 

‘त्यस्तै, वित्तिय संस्था, आर्थिक कारोबार हुने क्षेत्र, यातायात सञ्चालन हुने स्थान, व्यपारिक कारोबार हुने ठाउँ र भिडभाड हुने अन्य क्षेत्रहरुमा पनि सुरक्षा जोखिम हुन्छ’, उनले भने, ‘नाकादेखि लिएर होटल, गेष्ट हाउस, रेष्टुरेन्ट, राजमार्ग तथा ग्रामिण वस्ती र भीआईपी मुभमेन्ट हुने क्षेत्रलाई पनि हामीले विशेष प्रायोरिटी दिएर प्रहरी परिचालन गरेका छौं ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...