विद्यार्थीको कानको जाली फुटाउने प्रधानाध्यापक पक्राउ



हाम्रो इकोनोमि

 

विद्यालयमा ढिला आएको भन्दै विद्यार्थी कुट्ने प्रधानाध्यापक पक्राउ परेका छन् । गत असोज २ गते कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी खुमान सार्की नेपालीलाई ढिला आएको भन्दै नवलपुर बुलिङ्टारको शिव माध्यमिक विद्यालयका प्रधानध्यापक ओम कुमार श्रेष्ठलाई कुटेपछि प्रहरीले पक्राउ गरेको हो ।

 

 

पीडित खुमानका बुवा वीरबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय नवलपुरमा असोज ५ गते किटानी जाहेरी दिएका थिए ।

 

विद्यार्थी खुमान सार्की नेपालीलाई ढिला आएको भन्दै प्रधानाध्यापक श्रेष्ठले कान फुटाइदिएका थिए । घरबाट झण्डै डेढ घण्टा हिँडेर विद्यालय पुग्ने गरेका खुमानसहितका १० विद्यार्थीले प्रअ श्रेष्ठले १५ मिनेट ढिला आएको भन्दै लाइन लगाएर चुटेका थिए ।

 

नवलपुर प्रहरीले पीडितको उजुरीका आधारमा असोज ११ गते प्रधानाध्यापक श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

 

नवलपुर प्रहरीको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक टीकाराम पोखरेलले पक्राउ परेका श्रेष्ठको ८ दिनको म्याद थप गरिएको जानकारी दिए । कुटपिट एवं अंगभंग गर्ने महलमा उनीविरुद्ध मुद्दा चलाइएको छ ।

 

भरतपुर अस्पतालका नाक, कान घाँटी रोग विज्ञषेश डा. रमेश भण्डारीका अनुसार प्रधानाध्यापकको कुटाइबाट खुमानको कानको जालीमा क्षति भएको छ । उनको सुन्ने क्षमतामा समेत कमी आएको डा. भण्डारीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...