निर्मला हत्याको प्रश्नले विदेशमा पनि छोडेन प्रधानमन्त्री ओलीलाई, भने ‘हरेक व्यक्तिको पछाडि प्रहरी त लाग्दैन सक्दैन नि’



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली अहिले अमेरिका हुँदै कोस्टारिका पुगेका छन् । विदेश भ्रमणमा भए पनि प्रधानमन्त्री ओली नेपालमा विकास भइरहेका सबै घटनाप्रति अपडेट छन् र हुने नै भए ।

 

विदेश भ्रमणमा भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाले पच्छ्याइरहेको छ । उनलाई विदेशस्थित नेपालीहरुले र नेपाली मिडियाहरुले समेत निर्मला पन्तको हत्या घटनालाई जोडेर निर्मला हत्या प्रकरणको पछिल्लो प्रगतिका बारेमा प्रश्नहरु सोध्न बिर्सिएका छैनन् ।

निर्मला हत्याको घटना अनुसन्धानका क्रममा विवादित बनेपछि निलम्वित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र कञ्चनपुरका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए रिपोर्ट सार्वजनिक भएपछि निर्मलाका बाबु–आमा, कञ्चनपुरबासी र देशबासीसँगै प्रधानमन्त्रीको धारणा समेत बाहिर आएको छ ।

विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला हत्या प्रकरण र अनुसन्धानको प्रगतिबारे मुख खोलेका छन् ।

अमेरिकामा अन्तरवार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्याको प्रश्नको सामना गर्दै बलात्कार र हत्या सरकारले गरेको नभएको बताउँदै यस्ता घटनामा अपराधीहरु पत्ता लाग्न कहिलेकाँही १२ वर्षसम्म पनि लाग्न सक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हरेक व्यक्तिका पछाडि प्रहरी लागेर साध्य हुने कुरा होइन ।

सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको हुँदैन । दशी छोडेको हुँदैन ।’ उनले भनेका छन्, ‘तर, यस घटनाप्रति सरकार गम्भिर छ, सरकार र प्रहरीले अपराधी पत्ता लगाउन सबैखालका प्रयास जारी राखेको छ । अपराधी पत्ता लगाएरै छाड्छौं ।’

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...