नारायणकाजीले भने, यो सरकारको बिकल्पको कल्पना गर्नु पनि गलत



हाम्रो इकोनोमि

 

 

नेकपा नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको बिकल्पको सोच देश, जनता, पार्टी र आन्दोलनको पक्षमा नभएको प्रष्ट पार्नुभएको छ ।

 

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागि हुन प्रधानमन्त्री न्युर्योकमा रहेका बेला बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा काठमाडौं अनौपचारिक भेटवार्तापछि श्रेष्ठको यो धारणा आएको हो । बरिष्ठ नेता नेपालले असोज ११ गते संसदमा देश डुब्न लागेको भन्दै सरकारप्रति असन्तुष्टी राख्नुभएको थियोभने भोलिपल्ट स्थायी समितिको अनौपचारिक भेला गर्नुभएको थियो ।

 

नेता श्रेष्ठले भने पार्टीको सामान्य बिषयमा भएको छलफललाई अतिरञ्जित ढँगले प्रचार गर्नुको कुनै अर्थ नरहेको बताउँदै सरकारको बिकल्पवारे सोच्न नसकिने प्रष्ट पार्नुभएको हो ।

 

‘हाम्रो पार्टीको सामान्य बिषयमा भएको छलफललाई अतिरञ्जित ढँगले प्रचार गर्नुको कुनै अर्थ छैन’ उहाँले आइतवार ट्वीट गर्दै भन्नुभएको छ – ‘सामाजिक न्याय सहितको समृद्धिको तात्कालिन लक्ष्य र समाजवादको दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर सबै नेपाली कम्युनिष्टहरुलाई एउटै पार्टीमा गोलबन्द गर्न बनेको नेकपाको एकता सुदृढ हुनेछ । भ्रममा नपरौं ।’

 

उहाँले सरकारमाथि गरिएका आलोचना र टिप्पणी सरकारलाई प्रभावकारी बनाउन गरिएको पनि बताउनुभयो ।  ‘बर्तमान सरकारप्रतिको आलोचना (टिप्पणी)  सरकारलाई थप प्रभावकारी एवं सफल बनाउने उदेश्यले हुनुपर्छ’ उहाँले भन्नुभएको छ,‘ यतिबेला यो सरकारको बिकल्पको सोच देश,जनता,पार्टी र आन्दोलनको पक्षमा हुँदैन।अहिले त्यस्तो कल्पना गर्नु पनि गलत हुन्छ । कसैले त्यस्तो सोचेका छन् जस्तो पनि लाग्दैन ।’

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...