गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्री पद धरापमा



 

पहिले विवादमा तानिएर व्यर्थमै पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ्गले राजीनामा दिनुपर्यो । अब यही रवैया हो भने गृहमन्त्री बादल दोस्रो नम्बरमा पर्न बेर छैन ।

 

पूर्व कानुन मन्त्री तामाङ्गले बंगलादेशमा चिकित्सा पढ्न जाने नेपाली महिला विद्यार्थीले यौन सम्झौता गर्नुपर्ने विवादित भनाइ राखेर खाइआएको मन्त्री पदबाट हात धुनुपरेको थियो ।

 

उनलाई हटाउन नेकपाको एक खेमा नै लागेको थियो । अब पालो बादलको आउला जस्तो छ । उनले अचम्मसंग नाटक गर्न थालेका छन् ।

 

बादलले बलात्कार, हत्या जस्ता जघन्य अपराधका दोषीलाई कार्वाही गर्नु त कता हो कता उल्टै अपराधी र ठगलाई कारवाही गरेकै कारण सरकारलाई घेराबन्दी गर्ने काम भएको बताएका छन् ।

 

दुई तिहाइको सरकारलाई कहाँबाट घेराबन्दी ? के हत्यारा र बलात्कारी जति विपक्षी दलका ?

कञ्चनपुरकी १३ वर्षे बालिका निर्मला पन्तका हत्यारालाई कार्वाही गर्न जताततैबाट दवाव छ । मन्त्री बादलले अन्टसन्ट जवाफ दिइरहेका छन् ।

 

निर्मला हत्याबारे चाहिँदो नचाहिँदो जवाफ दिएकै कारण गत बिहीबार संसदमै उनको राजीनामा मागिएको थियो ।

 

यदि उनले कार्वाही गर्न सकेनन् भने यो जगतले यसको दोषी बादललाई पनि ठहर्याउने छ । बादलले भनेका छन् – ‘सरकारले देशमा व्याप्त भ्रष्टचार, बलात्कार, तस्करी र ठगलाई नियन्त्रण गरी कारवाहीको दायरामा ल्याएकाले अपराधी जर्मुराएका हुन्,  ‘यसैले पनि सरकार गिराउने ठूलो षड्यन्त्र र खेल हुँदैछ ।’

 

यदि उनले भनेको साँचो हो भने यो सरकार गिराउने एक मात्र दल नेकपा नै हुनेछ । ती अपराधी र बलात्कारी जति नेकपाकै हुन् भन्ने आसय मन्त्री बादलको हो ।

विभिन्न खाले गतिविधिले अपराधीमाझ सरकार कडा रुपमा प्रस्तुत भएकै कारण सरकारलाई गिराउने षड्यन्त्र भइरहेको थापाको जिकिर छ । निर्मला काण्डमा पनि नेकपाकै सात नम्बर प्रदेशका इन्चार्ज भीम रावलले सुरुवातमा अवरोध गर्न खोजेका थिए ।

 

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बोले । अनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेका थिए । भनेपछि उनीहरु अपराधमा परोक्ष रुपमा सरोकार राख्छन् ।

 

हुँदाहुँदा बादलले बलात्कारको कारण पूँजीबाद भन्न थालेका छन् । अलिकति लाज लाग्दैन भने उनले नै हतियार उठाएको सशस्त्र द्धन्द्धको समयलाई ख्याल गरे पुग्छ ।

 

यौनमा लिप्त उनका कार्यकर्तालाई सोधे हुन्छ । कति जनाको त सांस्कृतिक विवाह नै गराइएको थियो ।

के ती उनका कार्यकर्ता पनि पूँजीवादी थिए ?

 

सरकारमा रहन र पदको मर्यादा पालना गर्न अक्षम भइसकेपछि बोल्ने भाषा बादलले बोलिरहेका छन् ।

 

साँचो अर्थमा उनलाई काम गर्न कसैले पनि रोकेको छैन । काम गर्न नसकेको हो । काम गर्न नसक्ने हो भने जनतालाई धेरै अल्झाएर राख्नु हुन्न । कुर्सी छाडे हुन्छ ।

 

बादलका पछिल्ला भनाइले उनलाई उनकै पार्टीबाट काम नगर्न दवाव आइरहेको स्पष्टै हुन्छ । जब आफ्नै पार्टीले काम गर्न दिएन भने त राजीनामा दिँदा नै उत्तम हुन्छ ।

 

कतै बादल राजीनामा गर्ने दोस्रो मन्त्री बन्ने त हैनन् ?

तर गृहमन्त्री ज्यू खुलेर भन्दा राम्रो –काम गर्न नदिएको सत्ताधारीले कि विपक्षीले ?

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्