रेखाको बालिका बलात्कार र हत्या माथी चर्कोआवाज, “मालिका” (ट्रेलर भिडियो)



हाम्रो इकोनोमि

 

 

चर्चित अभिनेत्री रेखा थापाको फिल्म ‘मालिका’ को ट्रेलर सार्वजनिक भएको छ । रेखा फिल्मस को ब्यानरमा बनेको चलचित्र को शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो ।

\

अभिनेत्री रेखा थापा निर्देशित तथा अभिनीत फिल्मले बाल विवाहको कथा लाई वकालत गरेको बुझिन्छ।

ट्रेलरमा रेखा र डेब्यु गर्ल कमला वली हाबी छन् ।

कमर्शियल भ्यालु देखिएको ट्रेलरमा एक नारीको सशक्त र कमजोर दुई रुप देखाउन खोजिएको छ ।

ट्रेलर रेखाको एक्सन र डाइलगबाट भरिपूर्ण छ । फिल्मले नारी सशक्तिकरणको आवाज उठाएको रेखाले बताइन् ।

रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म यस वर्षको कृष्ण नवमी अर्थात् कात्तिक १६ गते रिलिज हुँदैछ ।

शिवम अधिकारीको पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ ।

नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् ।

‘हिम्मतवाली’ पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘रुद्रप्रिया’ पछि पर्दामा देखिन लागेकी हुन् ।

पछिल्लो समय रेखा बढी मात्रामा सामाजिक, अझा त्यस माथी पनि नेपाली महिलाको आवाज बोल्ने खालको फिल्ममा बढी सकृय छिन्।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...